गुल्मीमा २ मा झाँक्रीलाई फेरि धक्का सचिवालय सदस्य एमालेमा फर्किए

गुल्मी । गुल्मी क्षेत्रनम्बर–२ मा एकीकृत समाजवादीका जिल्ला स्तरका अघिकांश नेताहरु धमाधम एमालेमा फर्किएका छन् । केहि समय अघि जिल्ला अध्यक्ष र जिल्ला इन्चार्ज सहितका अधिकांश नेताहरु एमालेमा समाहित भएका थिए ।
फेरि बिहिवार एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य गुन्ज नेपाली एमालेमा फर्किएका छन् । उनलाई नेकपा एमालेका केन्द्रिय सचिव गुल्मी क्षेत्रनम्बर–२ का उम्मेदवार गोकर्ण बिष्टले एमालेमा स्वागत गरेका हुन् ।
पार्टीमा स्वागत गर्दै उम्मेदवार बिष्टले समाज परिर्वतन गर्ने शक्ति एमाले नै भएकाले सबै एमालेमै गोलबद्ध हुन आग्रह गरे । उनले सबैको भलो चिताउने विकास गर्ने पार्टी एमाले भएकाले जनलहर एमालेमा रहेको बताए ।
गुल्मी २ मा गठबन्धनबाट रामकुमारी झाँक्री र बिष्ट बिच चुनावी प्रतिस्पर्धा हुँदैछ ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...