गुल्मीमा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन एमालेमा समाहित

जनक पन्थ, गुल्मी। नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन नेकपा एमाले निकट विद्यार्थी संगठनमा समाहित भएको छ । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा रहेको परमानन्द भण्डारी बहुमुखी क्याम्पसको सिङ्गो कमिटी एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा समाहित भएको अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्य काशी पाण्डेले बताए ।
नेकपा एकीकृत समाजवादी निकट परमानन्द भण्डारी बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष बिष्णु घिमिरे र सचिव मञ्जु भण्डारीले एक प्रेस वक्तव्य जारी गर्दै नेकपा एकीकृत समाजवनदी निकट विद्यार्थी संगठन नेकपा एमाले निकट विद्यार्थी संगठनमा समाहित भएको जनाइएको छ ।
उनिहरुले (एमाले) र नेपाल कम्पनिक पार्टी (एकीकृत समाजवादी विच २०७९ आद्र २० गते भएको एकता अभियान मा एक्यवद्धता जाहेर गर्दै नेकपा (एमाले) निकट अनेरास्ववियु एकतावद्ध भई विद्यार्थी आन्दोलनमा निरन्तर क्रिया शिल रहने प्रतिबद्धता सहित एकताबद्ध हुने घोषणा गरेका छन् ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...