अनेरास्ववियु गुल्मीको जिल्ला अध्यक्षमा गिरी चयन

अनिल खत्री, गुल्मी । अनेरास्ववियु गुल्मीको जिल्ला अध्यक्षमा शोभाखर गिरी चयन भएका छन् । बुधवार नेकपा एमाले गुल्मीको पार्टी कार्यालयमा बसेको भेलाले गिरीको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी चयन गरेको अनेरास्ववियु स्थायी कमिटी सदस्य काशी पाण्डेले बताए ।
जसको उपाध्यक्षमा उदय अर्याल, निलकण्ठ पाण्डे, जगत राना, सचिव नवीन अर्याल, सहसचिवहरु सरोज ढेगा मगर, नेत्र ज्ञवाली, प्रदीप भण्डारी, निशान टन्डन, विजय मरासिनी र कोषाध्यक्षमा आर्जु बिस्ट रहेका छन् ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...