प्रदेश सांसदमा युवानेता शाहको नाम सिफारिस

कपिलवस्तु। आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेशसभाको निर्वाचनमा कपिलवस्तुको युवानेता नवाव शाहको नाम प्रत्यक्ष प्रदेश सांसद तर्फ सिफारिस भएको छ ।

कपिवलस्तुको क्षेत्र नं ३ (ख) बाट प्रत्यक्ष तर्फ प्रदेश सांसदको लागि शाहको नाम सिफारिस गरिएको जनता समाजवादी पार्टी नेपाल क्षेत्र नं ३ (ख) को क्षेत्रीय समितिले जानएको छ ।

विगत लामो समय देखी जसपा नेपालमा लाग्नुभएको नवाब शाहको नाम प्रदेश तर्फ सांसद पदको रुपमा सिफारिस गरिएको छ । जसपाको युवासघंका नेता रहनु भएको शाह पार्टीको हरेक क्रियाकलापमा सक्रीय सहभागिता जनाउदै आउनु भएको छ ।

युवा नेता शाहले युवाको हकअधिकारको क्षेत्रमा विभिन्न संघ संस्थामा आबद्ध भई काम गरिरहनु भएको छ । शाहको नाम प्रत्यक्ष तर्फ सिफारिस हुदाँ कपिलवस्तु बहादुरगन्जवासी खुसी भएका छन ।

पार्टीले मुल्यांकन गरी प्रदेश सांसदको रुपमा नाम समावेश गरेकोले नेता शाहले जसपाका नेताहरुलाई धन्यबाद समेत दिनुभएको छ ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...