गुल्मीबाट भीमलाल पौड्याल प्रदेश सभा सदस्य पदमा उम्मेदवार सिफारिस

गुल्मी।  लुम्बिनी प्रदेशसभा सदस्य पदको उम्मेदवारमा भीमलाल पौड्याल सिफारिस भएका छन् । नेकपा एमालले गुल्मी जिल्ला क्षेत्रनम्बर– १ अन्तरगत ‘ख’ को लागि उम्मेदवार सिफारिस गरेको हो ।
पौडेल बिगत २०३३ सालदेखि लगातार राजनीतिमा सक्रिय छन् । चेम्बर अफ कमर्स लुम्बिनीको पूर्वअध्यक्ष र अहिले केन्द्रीय सदस्य रहेका पौड्याल विभिन्न व्यावसायिक संघसंस्थामा पनि सक्रिय छन् ।
लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एमको फस्ट भाइस गभर्नर, गुल्मेली समाजको उपाध्यक्षलगायत दर्जन भन्दा बढी सामाजिक संघसंस्थामा उनको आवद्धता छ । प्रदेश सभा सदस्यको उम्मेदवारमा सिफारिस गर्ने पार्टी कमिटिप्रति पौड्यालले आभार व्यक्त गरेका छन् ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...