रुपन्देही–१ बाट दीपक बोहरा सर्वसम्मत सिफारिस

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले  रुपन्देही क्षेत्र नं.-१ को प्रतिनिधि सभा सदस्यमा दीपक बोहरालाई उम्मेदवार बनाउने भएको छ।

शनिबार संसदीय क्षेत्र नम्बर १ र देवदह नगर समितिको संयुक्त बैठकले पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरालाई सर्वसम्मत उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको छ । बैठकमा राप्रपाका केन्द्रीय सहायक महामन्त्री ताहिर अली, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदय, केन्द्रीय सदस्य बसन्त विक्रम शाही, तोयानाथ लम्साल, स्वाती थापा, क्षेत्र नम्बर १ का उपाध्यक्ष बसन्त न्यौपाने, देवदह नगरपालिकाका अध्यक्ष माधव रिमाल लगायतको उपस्थिति रहेको थियो । यस अघि बोहरा रुपन्देही क्षेत्र नम्बर १ वा ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने चर्चा चलिरहेको थियो ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...