• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, कार्तिक ०५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ४. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ५. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

एउटासंग मिलेर चुनाब लड्ने  र अर्कोसंग सरकार बनाउनु राजनितिक वेश्यावृत्ती हो : ज्ञवाली


  •   शनिबार, भदौ १८, २०७९ मा प्रकाशित
  • पाल्पा। नेकपा एमालेका उपमहासचिव तथा पुर्व परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले नेता एउटा संग मिलेर चुनाव लड्ने र अर्को संग मिलेर सरकार बनाउने कार्यलाई राजनैतिक वेश्यावृत्तीको संज्ञा दिनुभएको छ।

    Advertisement

    नेकपा एमाले तानसेन, बगनासकाली र चिदिपानीले आयोजना गरेको पालिका स्तरिय प्रशिक्षण कार्यक्रममा नेता ज्ञवालीले यस्तो बताउनुभएको हो । नेता ज्ञवालीले एमालेले उठाएको राष्ट्रियताको झण्डालाई गठबन्धनले जरैदेखी उखेलेको समेत बताउनुभयो । ६ महिना अघि भुकम्प गएको देशमा औषधि समेतको आपुर्ती बन्दको बिडम्बना भोग्नुपरेको भन्दै नेता ज्ञवालीले नेकपा एमालेको नेतृत्व  राष्ट्रियता प्रती सधै शतिसाल भएर उभिएको बताउनुभयो ।

    नेता ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारतमा गएर को को प्रधानमन्त्री कहिले कहिले हुने भनेर पालो बाँड्ने छलफल गर्नु लज्जास्पद भएको बताउनुभयो । देशका गृहमन्त्रीले अन्य मुलुकका राजदुतसंग सोधेर सुरक्षा प्रमुख नियुक्त गर्ने विडम्बना रहेको नेता ज्ञवालीले बताउनुभयो ।

    “कानुन सबैका लागि बराबर हो, व्यापारीका बिचौलियाहरु सिंहदरबार पसेर करको दायरा हेरफेर गर्ने कार्यले यहाँको उद्योग बन्द हुने अवस्थामा छन ।” नेता ज्ञवालीले भन्नुभयो । ” देशको अर्थतन्त्रलाई दलाल पुँजीवादीहरुको हातमा सुम्पने कार्यको ढाकछोप गर्न गठबन्धन लागिपरेको छ ।” १४ महिनामा अर्थतन्त्रका सबै सुचकहरु र विदेशी मुद्रा सञ्चिती घटेको नेता ज्ञवालीले बताउनुभयो ।

    “यी सबै कुराहरुले के नेपाल पनि श्रीलंकाको बाटोमा त हिँड्दै छैन ?” नेता ज्ञवालीले प्रश्न गर्नुभयो । “ईतिहासमा धेरै भ्रष्टाचार भए होलान । हामीले पनि रोक्न सकेनौं होला ।” नेता ज्ञवालीले भन्नुभयो । “तर राज्य शक्ति नै लागेर भ्रष्टाचार प्रोत्साहन गर्ने र मिलेमतो गर्ने यो पहिलो सरकार हो ।”

    “नेकपा एमालेले यो निर्वाचन हार्न मिल्दैन, हार्न सक्दैन, हार्न हुँदैन ।” नेता ज्ञवालीले भन्नुभयो । “एउटा पार्टीलाई टार्गेट गरेर पार्टी विभाजनको अध्यादेश ल्याउनु अरु कुनै तरिकाले एमालेलाई हराउन सकिँदैन भन्ने मनस्थिती हो ।” यसले एमाले कमजोर नभई थप शक्तिशाली भएको नेता ज्ञवालीको भनाई थियो ।

    संसारमा प्रतिपक्षका विरुद्ध सत्तापक्षको गठबन्धन भएको उदाहरण कहिँ पनि नभएको भन्दै यस्तो कार्य सामाजिक फाँसिवाद भएको नेता ज्ञवालीले बताउनुभयो । जति धेरै दल उति धेरै अन्तरसंघर्ष हुने भन्दै गठबन्धनभित्र भागवण्डा मिलाउन उत्तिकै गाह्रो रहेको र मिले पनि जित्न गाह्रो भएको ज्ञवालीले बताउनुभयो ।

    सत्ताका लागि जो संग पनि मिल्ने नेपाली कांग्रेसको पछिल्लो नीतिका कारण कांग्रेसभित्रका पुराना नेताहरु भित्र असन्तुष्टी बढेको भन्दै ज्ञवालीले ती राजनैतिक संस्कारयुक्त व्यक्तीहरु संग नेकपा एमालेले सहकार्य गरेर अघि बढ्ने र त्यसको प्रतिफल मंसिर ४ को निर्वाचन पछि देखिने बताउनुभयो ।

    शनिबार, भदौ १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ४.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ५.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation