लुम्बिनी प्राविधिक विश्व विद्यालयलको उपकुलपतिमा ढकाल नियुक्त

बुटवल । लुम्बिनी प्रदेश सरकारले सञ्चालन गर्ने तयारी गरेको लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा विनोद ढकाल नियुक्त हुनुभएको छ ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले ढकाललाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । गणित विषयका प्रोफेसर ढकाल रुपन्देहीको बुटवल उपमहानगरपालिका सेमलार निवासी हुनुहुन्छ। ढकाल नेपाली कांग्रेस निकट हुनुहुन्छ ।

सरकारले बाँकेको खजुरामा प्राविधिक विश्व विद्यालय स्थापना गर्ने तयारी गरेको छ । विश्वविद्यालय सञ्चालनका लागि ढकालको पहिलो नियुक्ति हो ।

विश्व विद्यालय सञ्चालनका लागि धेरै काम गर्न बाँकी रहेकाले कहिलेदेखि सञ्चालनमा आउँछ भन्न नसकिने नवनियुक्त उपकुलपति ढकालले बताउनुभयो ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...