• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, जेठ १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भगवती शाहीको स्मृतिमा नागपर्वतमा स्तम्भ उद्घाटन

झिमरुकको ट्रान्सफर्मर बिग्रिँदा प्युठानसहित तीन जिल्लामा विद्युत् अवरुद्ध

सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

लोकप्रिय समाचार

  • १. नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

  • २. अस्पताल बने, सेवा सुरु भएन

  • ३. भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

  • ४. ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

  • ५. लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

  • ६. सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

  • ७. प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

  • ८. लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

  • ९. स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

  • १०. बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग

चिया, साथी र गफ !


  •   सोमबार, असार २७, २०७९ मा प्रकाशित
  • लव कुमार अधिकारी

    Advertisement

     चाहे चिसो होस् या गर्मी,  मलाई मौसमले खासै केहि फरक पर्दैन  चिया पिउनका लागि ।  मेरो दैनिकी जुन मौसम भएपनि बिहानी शुरवात नै फिक्का  चियाको  चुस्कीबाट हुन्छ । त्यसपछि नित्य कर्म त छदै छ ।  सायद अरु कुनै कुरामा अम्मली नभएर होला चिया खुब पिउछु ।  मलाई कुनै समयले पर्वाह गर्दैन, मतलब चिया पिउन कुनै टाईम टेबल छैन । जो संग जति बेला पनि चियाको अफर ईन्कार गर्दिन । साथीभाईसंग बसेर चियाको चुस्किमा रमाउदै थरि- थरिका गफ -राजनीतक, प्रेम, काम, पुग्नु पर्ने ठाउँ, योजना ,आदि-आदि  यी प्राय दोहोरीरहन्छन् । आजकल त ट्रेन नै चलेको छ , कार्यक्रम  होस या नया ठाउ किन नहोस चिया नपिउदै  चियाको फोटो फेसबुकमा राख्न हतार हुन्छ । त्यस पछि चिया सुरुप्प ! हुन त  सजिलै जता कतै पाईने भएर पनि  होला । बढीजसो  चिसो मौसममा त यसो चोकका चिया पसल  चहार्ने हो भने स्टिलको गिलास भरि चिया हालेर पिउंदै गरेका केटाकेटी ,अधबैसे र वृद्धहरुको हुल छ्याप -छ्याप्ती देख्न सकिन्छ । जाडोमा त गाउँका मानिसहरु अगेनाको छेउमा बसेर चिया पिउदै गरेका भेटिन्छन । यति मात्र कहाँ हो र,  कोहि व्यक्तिगत गफ गर्दै, कोही अखबार हेर्दै भए पनि चियाको चुस्की लिन थाल्छन्। संभवत  जाे काेहीकाे पनि मिठो अनुभव यहि हो यस्तै यस्तै न हो।

    चियाको इतिहास फर्केर हेर्दा १९२० मा कर्णेल गजराज सिंह थापाले चीनबाट उपहारस्वरूप प्राप्त भएको चियाको बिरुवा इलामा रोपेपछि नेपालमा चिया खेतीको सुरुवात भएको हो । कर्णेल थापा जङ्गबहादुर राणाका ज्वाइँ हुन् । थापाले जङ्गबहादुरकी जेठी छोरी वदनकुमारीसँग बिहे गरेका थिए । चिनिया सम्राटबाट उपहारमा प्राप्त भएको चियाको बिरुवा जङ्गबहादुरको आदेश इलामका तत्कालीन बडा हाकिम तथा कर्णेल गजराजलाई भएपछि नेपालमा चिया खेतीको औपचारिक सुरुवात भएको देखिन्छ ।
    थापाले वि.सं. १९२० मा इलाम चिया कमान र त्यसको दर्इ वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चिया खेती बिस्तार हुँदै गयो । वि.सं. २००७ सालमा राणा शासनको अन्त्य भएर प्रजातन्त्र प्राप्ति भएपछि मात्रै नेपालमा चिया खेतीका लागि वातावरण बन्दै गयो । वि.सं. २०१६ मा झापाको रङ्गियाडाँडामा बुधकरण चिया बगानको नाममा निजी स्तरमा पहिलो चिया बगान स्थापना गरियो । त्यसै गरी सरकारी स्तरमा वि.सं. २०२३ असोज २३ गते नेपाल चिया विकास निगमको स्थापना भयो । सुरुवाती चरणमा प्रशोधन कारखानाको अभावमा दार्जीलिङकै कारखानाहरूमा हरियो पत्ती बेच्नु पर्ने बाध्यता थियो । तर २०३५ सालमा इलाममा र त्यसको केही वर्षपछि झापाको सोक्तिममा प्रशोधन कारखाना खोलिएको इतिहास भेटिन्छ तर वैदेशिक आयातबाट हेर्ने हो भने चिया उपभोग भारतमा बेलायती शासनसँगै सुरु भएको पाइन्छ।  त्यहि चिया पिउन सिकाउने चीन दुरदर्सी देश भयो । उ आफ्नो बजार यहि चिया मार्फत दुनियामा फैलाउँन चाहान्थ्यो । सन् १९४५ ताका एक बाकस भरि चिया लन्डन पुर्याईएको थियो रे । सबै भन्दा चिया खपत हुने देश लन्डन हो भने सबै भन्दा चिया उत्पदान हुने देश भारत हो ।
    हरेक बैशाख १५ मा चिया दिवस मनाईन्छ । मलाई यो राम्रो पक्ष भनेको कोहि कसैलाई पर्खन पर्यो भने पनि चिया खायो समय काट्यो । काम गरेर थकित भएको बेला पनि चिया पियो, तनाब हुंदा चिया पसल तिर छिर्यो भने पनि अनेक थरिका मान्छेहरुको कुरा सुन्यो, कुरा गर्यौ, धेरै समय पछि भेट भएको साथिसंग बसेर चिया पिउदा पनि समय बितेको पत्तै हुदैन । हामी चियाका पिएक्कडहरुलाई जुन नया क्याफे खुल्यो त्यहा चियाको स्वाद लिन पुग्छौ । कुनै साथीहरुलाई त चिया र चुरोट खुब जम्छ । ताकी चुरोटको ठुटो मुखमा नझोसी चिया नै मुखबाटै नजाने जस्तो गर्छन यार । अझ मन मिल्ने साथिसंग त एउटै टेबलमा बसेर ३ कप चिया पनि पिएको थुप्रै दिनको सम्झना छ । चियाको बेफाइदा फाईदा बेग्लै होला तर मेरो हकमा – चिया त मेरो ‘प्रमिका’ नै बनिसक्यो, मैले केहि लेख तथा कविताहरु लेख्दा पनि चिया पिउदै लेख्ने गर्दछु । एकछिन भएपनि तनाब बिर्सने, थकान भएको बेलाको बिश्राम, चिया पिउदै फोनमा कुरा गर्न, कुनै योजना बनाउन, राजनैतिक बहस गर्न, कोहि कसैलाई निन्द्रा भगाउन पनि चियाले सहयोग गर्छ । समग्रमा भन्नु पर्दा नेपालीहरुको लत वा आदतकै रुपमा बिकास भैरहेको पनि छ । मलाइ त चिया पिउनु र साथीसंग हात मिलाउनु उस्तै लाग्छ । राजनितिक दलका कार्यक्रममा पनि चियापान भनेर थुप्रै पार्टीहरुले चियापान कार्यक्रम आयोजना गरिराखेको हुन्छन । यसको मतलब चियाको टेस्टले नेपाली राजनीतिक पनि छोडेको छैन.। चियाको प्रभावबाट सर्बसाधारण मात्र होईन ठुला– ठुला नेताहरु, राजनीतिक विश्लेषण, कर्मचारी पर्दछन् । सरकारी कार्यालयमा होस् या प्राइभेट कार्यालयमा किन नहोस पहिला चियाको चुस्कीबाट बिषय र सन्दर्भको उठान हुन्छन । तपाई कपडा पसल जानुहोस त्यहाँ पनि चियाबाट ब्यापार सुरु गर्न थाल्छन । तपाई सुन पसलमा जानुहोस् त्यहाबाट पनि चियाले स्वागत गर्छन । मेरो एउटा रमाइलो घटना पनि छ । नाम चलेकै कपडा पसलमा दशैको बेला सपिंग भन्दा पनि कपडाको मूल्य हेर्न गर्न गएको थिए । पसले साहुजीले भने ‘चिया पिउ सर’ –‘मैले भने ओके’ त्यसपछि चिया आयो म चिया पिउदै गर्दा, उता साहुजी कपडा देखाउदै थिए । म संग पैसा कम थियो । अब चिया पिएपछि कपडा त् किन्नै पर्यो । त्यसपछि दुई जोर मोजा किनेर लगेको याद पनि आउछ । त्यसपछि त्यो पसलमा कहिले गईन । त्यसैले चिया यात्रा हो । जताततै पिछा गरिरहने छाँया बनेर । साना गरीबको झुपडीदेखि ठुला महलको भान्साको रिकापीसम्म तयार हुने चिया अब त जताततै जुनसुकै काम गर्नु अगाडि चिया पिएर कामको सुरुवात गरिन्छ
    मेरो अनन्य मित्र डी.ए.पी नरेन्द्र कुमार कार्की पनि निकै चिया पारखी छन् । जाडो या गर्मि किन नहोस् दैनिक रुपमा तिन– चार कप त पीइहालिन्छ नि भन्छन् । ‘चिया त हाम्रो ब्राण्ड नै बनिसक्यो ।’ चिया पिउदा गफिन्छम । अर्का मित्र ब्यबसायी दिपक के.सी, माण्डवी गाउँ पालिका उपाध्यक्ष पूर्ण कालाथोकीले पनि स्वाथ्यको लागी फाइदा घाटा आफ्नो ठाँउमा होला तर समयको सदुपयोग गर्न, ,योजना बनाउन ,भेटघाटमा गफिन, चिया सजिलो माध्यम बनेको सुनाउछन ।जाडो मौसम होस् या गर्मि राजनीतिक बजारमा चियाको महत्वपूर्ण भूमिका देखिन्छ । चोकको हरेक क्याफेहरुमा नेताहरुले खुब देश बनाउने गफ ठोक्छन् । पार्टीको अधिबेशन होस महाधिबेसन, या चुनाबमा किन नहोस चिया र राजनीतिक गफ खुब जम्छ । तर बिडम्बना कुरो एउटै छ । दल किन नहोस आफ्नो राजनीतिक भबिस्य बनाउनका निम्ति चिया पसल तिर बसेर देश बनाउने सपनाहरु बुन्छन् । स–साना योजनाका कुराहरु , सरकारी कार्यालयको ढिला सुस्ती, प्राइभेट हस्पिटलको महंगी ,बढ्दो बेरोजगारी,बैदेशिक रोजगारी, करप्सन , यी यस्ता कुराहरु गरेर कहिले नथाक्ने नेताहरु भोलि ओहोदामा पुगेपछि यी चिया पसलको समस्या प्रति अलिकति पनि सहानुभुती देखाउने छैनन ।
    लेखक रेडियो स्वर्गद्धारी प्यूठानका स्टेशन म्यानेजर हुन ।

    सोमबार, असार २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व
    क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
    बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम
    शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
    गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल
    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    लोकप्रिय

    • १.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार

    • २.
      अस्पताल बने, सेवा सुरु भएन

    • ३.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा

    • ४.
      ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम

    • ५.
      लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा

    • ६.
      सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं :

    भर्खरै

    • १.
      भगवती शाहीको स्मृतिमा नागपर्वतमा स्तम्भ उद्घाटन

    • २.
      झिमरुकको ट्रान्सफर्मर बिग्रिँदा प्युठानसहित तीन जिल्लामा विद्युत् अवरुद्ध

    • ३.
      सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

    • ४.
      लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

    • ५.
      सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

    • ६.
      स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

    • ७.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

    • ८.
      ७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation