नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका पुर्ण आचार्य र उपमेयरमा संगिता सुबेदी निर्वाचित भएका छन् ।
Advertisement
बाँकेको सात वटा पालिकाको मतपरिणाम सार्वजनिक भएपछि अन्तिममा सार्वजनिक भएको कोहलपुरको मत परिणाम अनुसार १४१३४ मत प्राप्त गरि बिजयी भएका हुन । उनका प्रतिद्वन्द्वी खिल प्रसाद भूषालले १२२०५ मत प्राप्त गरेका छन् ।
यस्तै नेपाली काँग्रेसकी उपमेयर संगिता सुवेदीले १४०७३ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका प्रतिद्वन्द्धी अस्मिता थारुले १३०१७ मत प्राप्त गरेकी छिन् । कोहलपुरमा नेपाली कांग्रेसबाट पुर्ण आचार्य, नेकपा एमालेबाट खिल प्रसाद भुसाल र नेकपा माओवादी केन्द्रबाट नरेन्द्र न्यौपाने मेयर पदमा लड्नुभएको छ ।
यो संगै बाँकेको आठ वटै पालिकाको मतपरिणाम सार्वजनिक भएको छ ।