मित्र थापा,प्युठान। स्थानीय तह निर्वाचनमा जिल्लाको गौमुखी गाउँ पालिकामा नेपाली कांग्रेस र माओबादी केन्द्र बीच चुनावी तालमेल गर्ने सहमति भएको छ ।
Advertisement
गौमुखीमा नेपाली कांग्रेसले पालिका अध्यक्ष सहित ३ वडा र माओबादी केन्द्रले पालिका उपाध्यक्ष सहित २ वडा पाउने गरि सहमति भएको छ । गौमुखी वडा नंवर ६ र ७ मा भने एक्ला एक्लै चुनाबी प्रतिस्पर्धा गर्ने सहमती भएको नेकपा माओबादी केन्द्रका नेता महाबिर रानाले जानकारी दिए।
गौमुखीको पालिका अध्यक्षमा बिष्णु कुमार गिरी र उपाध्यक्षमा महाबिर रानाले उम्मेदवारी दिएका छन ।
गिरीले २०७४ सालको स्थानिय निर्वाचनमा पालिका अध्यक्ष जितेका थिए। राना भने नेपाल पत्रकार महासंघ प्युठानका निवर्तमान अध्यक्ष हुन।