• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

मेयरका उम्मेदवार पाण्डेय भन्छन,’राजनिति विकासका लागि हुनुपर्छ’


  •   शुक्रबार, बैशाख ०२, २०७९ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा (एमाले) को तर्फबाट सर्वसम्मत उमेदवार बनेका इन्जिनियर राजेन्द्र प्रसाद पाण्डेयले राजनिति प्रतिस्पर्धाका लागि नभइ विकासका लागि हुनुपर्ने बताए । तम्घासमा पत्रकार सम्मेलन गर्दै उम्मेदवार पाण्डेयले राजनितिलाई विकाससँग जोडनुपर्ने बताए

    Advertisement

    नगरमा आफ्नो पार्टीको संगठन बलियो भएको बताएका छन् । अघिल्लो निर्वाचनमा देखिएको मतपरिणाम र आफु सबै कुरामा सक्षम रहेका कारण आफुले सजिलै जित्ने बताए ।
    थुप्रै सम्भावना रहेर पनि विकास निर्माणाका काम नभएको रेसुङ्गामा बसाइँसराइ रोक्नु आफ्नो पहिलो प्राथमिकता रहेको पाण्डेयको भनाइ छ । ‘आधारभूत विकास निर्माणका काम भएमा बसाइँसराइ रोक्न सकिन्छ ।’
    नगरप्रमुखका उमेदवार पाण्डेयले भने, “शिक्षा, स्वास्थ्य र रोजगारी भएमा बसाइँसराइ हुदैन् ।” आन्तरिक रोजगारी सिर्जनमा गर्नेमा उनको जोड छ ।
    रोजगारी सिर्जनाका लागि आफ्ना थुप्रै योजना रहेको पाण्डेयले बताए । तराईसँग नजिकको दुरीमा रहेको गुल्मी सडकका कारण आवतजावतमा दिन बित्ने समस्यालाई अन्त्य गरेर तराईबाट दुई देखि साढे दुई घण्टामा गुल्मीको सदरमुकाम तम्घासमा आउन सक्ने गरि सडक बिस्तार गर्नुपर्नेमा आफु केन्द्रित रहेको उनले बताए ।
    जागिरको शिलसिलामा नेपालका बिभिन्न ठाउँमा गरेको आफनो भनुभवलाई नगरमा प्रयोग गर्ने पाण्डेयले बताए । उनले नगरभित्र कसरी विकास गर्नु पर्छ भन्ने त्यो मोडल आफुसँग रहेको बताए ।
    आफु नगरमा निर्वाचित भएपछि अघिल्ला जनप्रतिनिधिले सुरु गरेका क्रमगत योजना पुरा, स्वास्थ्य, शिक्षा क्षेत्रको परिवर्तन र आर्थिक गतिबिधिलाई चलायमान बनाउँदै नगरबासीको आधारभूत आवश्यकतालाई पु्रा गर्न सरकारी जागिर छोडेर आफु खुल्ला राजनितिमा आएको पाण्डेयले बताए ।
    आफु नगरप्रमुखका बिजयी भएपछि त्यो सम्भव हुने उनको प्रतिक्रिया छ । सदरमुकाम तम्घासलाई पुराउने लयमा फर्काउन सुविधा सम्पन्न होटल र सडकको बिस्तार मुख्य रहेको उनले बताए ।
    प्रकृतिले दिएको सुन्दर ठाउँ गुल्मीलाई विकासबाट पछाडि पारिएकोले आफु कर्मचारीबाट अवकाश भई खुल्ला राजनीतिमा लागेको पाण्डेयको भनाइ छ । स्थानीय चुनाबमा दल भन्दा ब्यक्तिलाई छान्ने भएका कारण काँग्रेस कार्यकर्ताले पनि आफूलाई मत हाल्नेमा ढुक्क रहेको बताउँदै सचेत नागरिकले आफूलाई रोज्ने पाण्डेयको दाबी छ ।
    उनले स्थायी कर्मचारीको रुपमा ३२ वर्ष ४ महिना इन्जिनियरको क्षेत्रमा अनुभव संगालेका छन् । ५६ वर्षीय पाण्डेय रेसुङ्गा नगरपालिका वडानम्बर–१ का स्थायी बासिन्दा हुन् ।
    उनी कक्षा ६ मा पढ्दा अनेरास्ववियु पाँचौको महेन्द्र माध्यमिक विद्यालयको कमिटीमा उपाध्यक्ष भएका थिए । २०४० मा एसएलसी दिएपछि इन्जिनियरीङ कमिटीमा ३ वर्षसम्म रहेर काम गरे ।
    तत्कालिन खानेपानी तथा ढल निकास कार्यालयबाट जागिर सुुरु गरेका पाण्डेयले २०४६ मा स्थायी जागिरमा नाम निकालेका थिए । २०४८ मा भएको कर्मचारी आन्दोलनमा बाँके जिल्लामा कार्यरत हुँदा २८ दिन हिरासतमा समेत बसेको उनी आन्दोलनको शिलशिलामा पुनः २ दिन हिरासतमा बसेका थिए ।
    आफु जागिरबाट ६ महिना निलम्बन समेत भएको उनले बताए । २०५० गुल्मीमा कर्मचारीको रुपमा कामगर्न आए ।
    नेपाल निजामती कर्मचारी संगठन गुल्मीको ४ वर्ष अध्यक्ष बने । त्यसपछि उनी कर्मचारी संगठनको केन्द्रीय प्रतिनिधिको रुपमा रहे । २०६२ मा इन्जिनियरीङ पास पछि तत्कालीन आवास तथा भौतिक मन्त्रालयमा इन्जिनियरको रुपमा नाम निकाले।
    कर्मचारीको रुपमा सेवा गर्दै २०७८ माघ १८ गते राजिनामा पछि खुल्ला राजनीतिमा आफु क्रियाशील रहेको नगरप्रमुखका उमेदवार पाण्डेयले बताए । रेसुङ्गा नगरपालिमा अन्य राजनीतिक दलहरुले भने नगरप्रमुखको उमेदवार घोषणा गरेका छैनन् ।

    शुक्रबार, बैशाख ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation