काठमाडौँ – सुकेटार विमानस्थल पुनः सञ्चालनमा आएको छ । मौसममा सुधार आएसँगै सुकेटार विमानस्थलबाट तालिका अनुसार नै उडान भइरहेको छ ।
Advertisement
निगमका जहाजले काठमाडौँबाट १४ यात्रु ताप्लेजुङ आइपुगेको छ, भने ताप्लेजुङबाट १७ यात्रु लिएर जहाज काठमाडौँ पुगेको नेपाल वायुसेवा निगमका ताप्लेजुङका प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिए ।
विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएका कारण दुई सातादेखि हवाई उडान हुन सकेको थिएन । निगमले सो विमानस्थलमा प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार गरी सातामा तीन दिन उडान भर्दै आएको छ ।