• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ४. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

एकीकृत समाजवादी निकट प्राध्यापकको भेला सम्पन्न


  •   शनिबार, माघ २९, २०७८ मा प्रकाशित
  • कामनाडेली, काठमाडौ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट प्राध्यापकहरूको छाता संगठन प्रगतिशील प्राध्यापक संगठन नेपालको पहिलो भेला सम्पन्न भएको छ । शनिबार राजधानी काठमाडौंस्थित रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनी मार्गमा आयोजित भेलाले १२१ सदसीय अधिवेसन आयोजक कमिटि चयन गरेको छ ।

    Advertisement

    कार्यक्रममा बोल्दै सल्लाहकार परिषदका सदश्य प्राध्यापक विजयबहादुर सिलवालले कोभिडको समयमा पनि निरन्तर कार्य गर्ने टास्क फोर्सलाई बधाई दिए । उनले पुरानो कार्यसमित भंग गरी नयाँ कार्य समितिलाई अनुमोदन गर्न अनुरोध गरे ।

    भेलामा बोल्दै नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदश्य तथा संघीय सांसद प्रा.डा. पुष्पा कर्णले पार्टी र सांसद दुवैलाई प्राध्यापकहरूले सहयोग गर्नुपर्ने बताइन् । उनले भनिन्, नवौँ महाधिवेसमा निती बनाउने मान्छे नेतृत्वमा नपुगी अराजकहरूको नाइके पार्टीको नेतृत्वमा पुगेका कारण सिंगो कम्युनिष्ट आन्दोलन धरासायी भयो । उनले अहिले हाम्रो उपस्थिति कम भए पनि क्रिम उपस्थिति भएकाले भोलिको कम्युनिष्ट आन्दोलनको नेतृत्व एकीकृत समाजवादीले नै गर्ने बताइन् ।

    पार्टी केन्द्रीय सदश्य तथा प्रगतिशील प्राध्यापक संगठनकी पूर्व उपाध्यक्ष प्रा.डा. विन्दू आचार्यले अहिले हामी पार्टी निर्माणको संगीन चरणमा रहेको बताइन् । उनले प्रगतिशील प्राध्यापक संगठनले गतिशील ढंगले काम गर्न थालिसकेको बताइन् । उनले केपी ओलीको शासनलाई राणा शासनसँग तुलना गर्दै ओली शासनको अवसान पनि दुखद हुने बताइन् । ओलीले टिके प्रथाबाट दिएका पदधारण गरेका हुक्के(भारदारको पतन निश्चित भएको उनको भनाइ रहेको थियो ।

    कार्यक्रमका सभापति प्राध्यापक डाक्टर गोविन्द सुवेदीले कार्यक्रमको अध्यक्षता गर्दै केपी ओलीको नेतृत्वमा एमाले दक्षिणपन्थी भासमा भासिएकाले विद्रोह गर्नुपरेको बताए ।

    कार्यक्रममा स्वागत मन्तव्य राख्दै टास्क फोर्स, एकीकृत प्रगतिशील प्राध्यापक संगठन नेपालका सदश्य डाक्टर ढाकाराम सापकोटाले केपी ओलीका कारणले देश अहिले जटिल मोडमा पुगेको बताए । करिब दुईतिहाई नजिकको नेकपाको सरकार ढल्नुपर्ने अवस्थामा पुग्दा समेत केही प्रगतिशील प्राध्यापकले टिके प्रथालाई बढावा दिएको बताए ।

    त्यसैगरी पब्लिक क्याम्पसका तर्फबाट प्रतिनिधित्व गर्दै डाक्टर वेदबहादुर कुँवरले टिकेप्रथाविरुद्धको घमासान युद्धमा होमिन यस संगठनकमे आवश्यकता रहेको बताए । उनले भने, विधिको शासन सञ्चालनमा आगामी दिनमा हामीले महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने भएको छ ।
    टुटाका केन्द्रीय सदश्य टिकाराम ढकालले कोभिड महामारीका कारण अधिवेसन रोकिए पनि चाँडै नयाँ नेतृत्व चयन गरिने विश्वास व्यक्त गरे ।

    नेपाल बुद्धिजिवी परिषद्का सचिव केबी खड्काले गरे हुन्छ भन्ने आत्मविश्वास राखेर साविक एमालेसँग विद्रोह गरेर एकीकृत समाजवादीले स्वाभिमानी बामपन्थी शीर उचो राखेको बताए । उनले भने, ञप्रगतिशील बामपन्थी संगठनले आगामी दिनमा अरूका भन्दा प्रगतिशील कार्यक्रम ल्याउन गति बढाउन अग्रसर हुनुपर्छ । विश्वविद्यालयमा कार्यरत प्राध्यापकको नियुक्तिमा समेत अपेक्षाभन्दा फरक भएकाले हाम्रा साथीहरूलाई सही ठाउँमा पुर्याउन सहयोग गर्ने विश्वास व्यक्त गर्न चाहन्छु ।

    कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अनेरास्ववियूका उपाध्यक्ष माधव पन्तले फागुन १ गते देशैभर एमसीसी सम्झौताविरुद्ध आन्दोलन गरिने बताए । उनले भने, ञविश्वविद्यालयलाई ज्ञानको भण्डारका रूपमा विकास गर्न समाजवादी सम्बद्ध प्राध्यापकहरूको महत्वपूर्ण भूमिका रहनेमा अनेरास्ववियू विश्वस्त छ ।

    पार्टी केन्द्रीय सदश्य तारा जोशीले पार्टीको संगति र विचार निर्माणमा प्राध्यापकहरूले नै दिशा निर्देश गर्ने भएकाले जिम्मेवारीपूर्ण कार्य गर्नेमा विश्वास व्यक्त गरे। उनले भने, तपाईँहरूको यो उपस्थितिमा म गर्व गर्छु, तपाईँहरूको यत्तिको उपस्थिति नै हाम्रो पार्टी बलियो हुन्छ भन्नेमा शंका छैन । तपाईँहरूकै सहयोगमा हामी एकीकृत समाजवादी पार्टीको तर्फबाट समाजवादी केन्द्रीयताको नयाँ आयाम थप्न सक्छौँ ।

    कार्यक्रममा सल्लाहकार परिषदका सदश्य प्राध्यापक विजयबहादुर सिलवाल, पार्टीका केन्द्रीय सदश्य तारा जोशी, पार्टी केन्द्रीय सदश्य तथा संघीय सांसद प्राडा पुष्पा कर्ण, केन्द्रीय सदश्य प्राडा विन्दू शर्मा, अनुशासन आयोगका सदश्य प्राडा टेकनाथ गुरागाईँ भोला भट्टराई, रुद्रप्रसाद पौडेल, नरेन्द्र भट्टराई लगायत १०० भन्दा बढी प्राध्यापकको उपस्थिति रहेको थियो ।

    शनिबार, माघ २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation