जनक पन्थ, गुल्मी । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडानम्बर–५ फोक्सिङ्ग चाल्सेको पुरै गाउँ नेकपा एमालेमा प्रबेश गरेका छन् । कालिगण्डकी गाउँपालिकामा सम्पन्न नेताहरुलाई अभिनन्दन तथा बधाई कार्यक्रम नव प्रबेशीहरुलाई पार्टीका स्वागत गरेका हुन् ।
फोक्सिङ चालिसेका नेपाली कांग्रेसबाट १५ घर परिवारका ७५ जना नेकपा एमालेमा प्रवेश गरेका कालिगण्डकी गाउँकमिटि अध्यक्ष रामजी ढकालले बताए । नव प्रबेशसीहरुलाई नेकपा एमाले केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज दिनेश पन्थी, एमाले गुल्मी जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछा लगायतले टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।
Advertisement