सनिउल्ला धोबी,कपिलबस्तु। लुम्बिनी प्रदेश सरकार योजना आयोगको टोली कपिलवस्तुको गड्डाघाट सिचाई आयोजनाको अनुगमन गरेको छ ।
आयोगका सदस्य डा. दमोदर भुसाल, शिव पुजन यादव, विष्णु माया थापा, योजना आयोजनाको अधिकृत सकुन्तला अर्याल, इन्जिनियर राज कुमार चौधरी, जसपाका नेता राम निवास पुरी, स्थानीय पत्रकार लगायतको टोलीले गड्डाघाटको अनुगमनको गरेको जनाएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका र विजयनगर गाउँपालिकाका खेतीयोग्य जमिन सिचाई गर्न गड्डाघाट सिचाई आयोजनाको सुरुवात गर्न अनुगमन गरिएको आयोगका सद्स्य शिवपुजन यादवले जानकारी दिनुभयो ।
रु १५ करोड ४८ को लागतमा सम्पन्न हुने योजनाको गत बर्ष डिपिआर समेत भैसकेको छ ।
यस आर्थिक बर्षमा रु २ करोड ५० लाख रकम प्रदेश सरकारद्वारा बिनियोजित भएको सिचाई डिभिजन कार्यालय कपिलवस्तु तौलिहवाले जनाएको छ ।
अब केही महिनामा योजनाको निर्माणकार्य सुरुहुने इन्जिनियर राज कुमार चौधरीले बताउनुभयो