झिलझिले । झापाको झिलझिलेस्थित वाटर किङडम पार्कको उद्घाटन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बग्गी चढेर पुगेका छन्।
Advertisement
पूर्वपश्चिम राजमार्गको झिलझिलेबाट ४ सय मिटर दुरीको वाटर किङडमसम्म ओलीलाई पुर्याउन पार्क सञ्चालक राजकुमार संग्रौलाले बग्गीमा राखेर लगेका हुन् ।
नौमती बाजा, विभिन्न जातजाति भाषाभाषीका झाँकीसहित ओलीलाई आइतबार सञ्चालकले वाटर किङडम पुर्याएका हुन्।