रुद्रावती बहुमुखी क्याम्पस अनेरास्ववियुको क्याम्पस सम्मेलन सम्पन्न

अनिल खत्री, गुल्मी । रुद्रावती बहुमुखी क्याम्पस मुसिकोट नगरपालिका गुल्मीमा अनेरास्ववियुको क्याम्पस सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सन्देश रायमाझीको अध्यक्षतामा ५१ सदस्यीय क्याम्पस कमिटी गठन गरेको छ ।
जसको उपाध्यक्षमा सिमा कार्की, कृष्ण न्यैपाने, सचिवमा बिपिन नेपाली, सह–सचीवमा महेन्द्र केसी र कोषाध्यक्षमा चेतना घिमेरे रहेका छन् । कार्यक्रममा नेकपा एमाले मुसिकोट नगरकमिटी अध्यक्ष प्रकाश काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेकपा एमाले सचिवालय सदस्य नारायण सापकोटा, अनेरास्ववियु केन्द्रिय सदस्य बिमल छन्त्याल, मुसिकोट नगरकमिटी सचिवालय सदस्य रामकृष्ण कंडेल, युवा संघ मुसिकोट नगर सचिव सन्दिप खत्री लगायतले शुभकामना दिएका थिए ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...