जाजरकोट । अखिल नेपाल महिला संघ, जाजरकोटको जिल्ला भेला सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) निकट अनेम संघ जाजरकोटको भेला आज सदरमुकाम खलंगामा सम्पन्न भएको हो ।
भेलाले महिला नेतृ अमृता वलीको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । कमिटीको उाध्यक्षमा योगमाया कार्की र मिरा अधिकारी, सचिव गिता खत्री, कोषाध्यक्ष शारदा हमाल र सहसचिव बिना चन्द गौतम रहेको नवनिर्वाचित सचिव गिता खत्रीले जानकारी दिइन । जिल्लाका ७ वटै पालिकाहरुलाई समेटेर कमिटी गठन गरिएको सचिव खत्रीको भनाई छ।
भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष कृष्ण बहादुर विसीले अनेम संघले महिला शसक्तिकरणको क्षेत्रमा अग्रणी भुमिका खेलेको भन्दै नवनिर्वाचित कमिटीले जाजरकोटी महिलाहरुका तमाम समस्या समाधान गर्नका लागि सशक्त भुमिका खेल्ने विश्वास व्यक्त गरे । जन वर्गिय संगठनहरु पार्टीको हित संगै सम्बन्धित मोर्चामा रहेको वर्गको लागि क्रियाशिल रहनु पर्ने भन्दै नेता विसीले उक्त जिम्मेवारी पुरा गर्नु नयाँ कमिटीको मुख्य कार्यभार रहेको बताए । पार्टी गठन भएको छोटो समयमा जिल्लामा पार्टीका धेरै संरचनाहरु तयार भईसकेको भन्दै गठन हुन बाँकी जवसहरु तत्काल गठन गर्ने अध्यक्ष विसीको भनाई छ ।
त्यस्तै कार्यक्रमको प्रमुख अतिथि संघको केन्द्रिय कमिटी सचिव रिता रावलले अनेमा संघको गर्भिलो इतिहास रहेको बताइन । आफुले लामो समय सोही मोर्चाबाट राजनीति गरेको स्मरण गर्दै पार्टी केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज रावलले नेपाली राजनीतिमा महिलाहरुको नेतृत्व विकास सैगै अधिकार प्राप्तिका लागि अनेम संघले महत्वपूर्ण भुमिका निर्वाह गरेको उल्लेख गरिन। अनेम संघ संगै जाजरकोटी महिलाहरुको भुमिकालाई प्रभावकारी बनाउन आफुले भरपुर साथ र सहयोग दिने नेतृ रावलको भनाई छ ।
उपाध्यक्ष कमान बहादुर खड्काले संघको जिल्ला कमिटी गठन गरे लगत्तै पालिका स्तरमा समेत कमिटी गठन गर्न आवश्यक रहेको बताए । राजनीतिमा महिला नेतृत्वको अझैपनि अभाव रहेको भन्दै उपाध्यक्ष खड्काले संख्यात्मक हिसावले मात्र नभई गुणात्मक हिवासले समेत नेतृत्व विकास हुन जरुरी रहेको बताए ।
भेलामा केन्द्रिय सदस्य, जिल्ला इन्चार्ज तथा अध्यक्ष विसी, केन्द्रिय सदस्य, जिल्ला सहइन्चार्ज तथा संघको केन्द्रिय कमिटी सचिव रावल, पार्टी जिल्ला संगठन कमिटी उपाध्यक्ष खड्का, सचिवालय सदस्य डम्बर सिंह लगाएतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
अनेम संघ जाजरकोटको अध्यक्षमा वली चयन
अनेम संघ जाजरकोटको अध्यक्षमा वली चयन

Advertisement
तपाईको प्रतिक्रिया