• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ८. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ९. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

चौतारीलाई लाग्यो चुनावको चटारो, नेतृत्वका लागि डौडधुप


  •   बिहिबार, पुष १५, २०७८ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (एमाले) निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको नवौँ महाधिवेशनको मिति तोकिएसँगै नयाँ नेतृत्वका लागि आकांक्षीहरु दौडधुपमा लागेका छन् । यही पुस १२ र १३ गते लुम्बिनीमा भएको चौतारीको केन्द्रीय कमिटी बैठकले आगामी माघ २२ र २३ गते गण्डकीको पोखरामा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
    चौतारीको भावी नेतृत्वमा वर्तमान नेतृत्व दोहोरिने सम्भावना कम हुँदै गएकाले पनि नयाँ नेतृत्वका लागि सरगर्मी शुरु भएको हो । पार्टीका नेतृत्व र चौतारी नेतृत्वबीच सर्वसम्मति भएमा वर्तमान अध्यक्ष गणेश बस्नेतले एक कार्यकाल दोहोर्याउने इच्छा व्यक्त गरे पनि उनले सार्वजनिक रुपमा मुख खोलेका छैनन् । तर वर्तमान नेतृत्वका अन्य पदाधिकारीले भने आफ्नो बढुवाका लागि उपयुक्त अवसरको खोजी गरिरहेका छन् । एमालेबाट चौतारीको इञ्चार्जमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ तोकिएकाले उनले आफू निकट वा आफ्नो प्रदेशलाई मात्रै ध्यान नदिइ सफल कार्यकालका लागि देशभरका चौतारीकर्मीको भावना बुझेर नयाँ नेतृत्वका लागि कुनै हस्तक्षेप नगर्ने नीति लिएको बुझिएको छ । सहमतिको प्रयासका लागि वर्तमान अध्यक्ष बस्नेत, पूर्व अध्यक्ष राजेन्द्र अर्याल, पूर्व महासचिव प्रमोद दाहाल, पूर्व वरिष्ठ उपाध्यक्ष श्रीधर आचार्य, वर्तमान वरिष्ठ उपाध्यक्ष माधव नेपाललगायतबाट अध्यक्ष चयन हुने सम्भावना देखिएको छ भने वर्तमान उपाध्यक्ष गणेश पाण्डेले पनि आफ्नो गृह जिल्ला लमजुङका नेता इञ्चार्ज भएको अवसरलाई उपयोग गर्दै अध्यक्षको आकांक्षा जाहेर गर्ने देखिएको छ । पाण्डे उम्मेदवार भएमा दोस्रो पुस्ताका अन्य धेरै आकांक्षीले उनलाई चुनौती दिने पनि देखिएको छ । केन्द्रीय सदस्य माधवप्रसाद तिवारीले यसअघि नै फेसबुकबाट अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए । वरिष्ठ उपाध्यक्षमा वर्तमान महिला उपाध्यक्ष टीका विष्ट, पूर्व अध्यक्ष वा अग्रजबाट अध्यक्ष भएमा उपाध्यक्ष पाण्डे, पत्रकार दीपक पाण्डेलगायतले जिम्मेवारी पाउने देखिएको छ ।
    निर्वाचन भएमा महासचिवमा वर्तमान उपमहासचिव हीरामान लामा, कोषाध्यक्ष इन्द्र आचार्य, उपत्यका प्रदेशका इञ्चार्ज प्रकाश सिलवाल, पूर्व केन्द्रीय सदस्य चेतन अधिकारीलगायतको प्रतिस्पर्धा हुने चर्चा छ । कोषाध्यक्षमा प्रतिष्ठान इञ्चार्ज हरिबल्लभ नेपाल, एशोसिएट इञ्चार्ज रामेश्वर कार्की, केन्द्रीय सदस्य विष्णु तारुके, मोहराज शर्मालाई अघि सारिने जनाइएको छ । चौतारीले महाधिवेशनमा विधान परिवर्तन गर्ने भएकाले कति पदाधिकारी हुने र पदाधिकारीमा उम्मेदवारीका लागि कस्तो मापदण्ड हुने भन्ने आधारमा पनि उम्मेदवारहरुको आकांक्षा व्यक्त हुने जनाइएको छ । चौतारीको विधान बेलायतको संविधान जस्तो छ । केन्द्रीय सदस्यहरुका लागि महाधिवेशन प्रवेश शुल्क नै प्रतिव्यक्ति पाँच हजार तोकेको चौतारीले उम्मेदवारहरुका लागि पनि महँगो शुल्क तोकेमा कतिपय उम्मेदवार पछि हट्न सक्नेछन्।
    निर्वाचन नभई सकेसम्म सहमतिमा नेतृत्व चयनको परिपाटी चलाएको एमालेले जनसंगठनहरुको महाधिवेशन आगामी फागुन मसान्तभित्र गर्न निर्देशन दिएपछि सबैभन्दा पहिलो चौतारीले महाधिवेशन तोकेको छ । गत २०७३ जेठमा भएको चौतारीको आठौँ महाधिवेशनबाट चयन भएको वर्तमान बस्नेत नेतृत्वको कार्यकाल यसअघि नै सकिए पनि पार्टी एकता र कोभिड—१९ का कारण कार्यकाल लम्बिदै आएको हो ।

    Advertisement

    बिहिबार, पुष १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation