एमाले बाँकेका उपसचिव धिताल एकीकृत समाजवादीमा प्रवेश

बाँके । नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धिताल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्।

बिहीबार कोहलपुरमा आयोजित कार्यक्रममा समाजवादीका अध्यक्ष माधव कुमार नेपालले धिताललाई पार्टी प्रवेश गराएका हुन् । नेपाल एमालेमै हुँदा धिताल उनकै समूहमा थिए । तर, एमाले विभाजन हुँदा धिताल नेपाललाई छोडेर एमालेमै बसेका थिए ।

तर, अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विधि र विधान विपरीत चलाउन थालेको भन्दै धिताल असन्तुष्ट बनेका थिए । धितालले अध्यक्ष ओलीले पार्टीलाई दक्षिणपन्थी अवसरवादको भासमा डुवाउँदै लगेको र पार्टीलाई व्यक्तिवादी चिन्तनबाट ग्रसित बनाएकाले समाजवादी पार्टीमा प्रवेश गरेको बताए ।

 

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...