• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

लोकप्रिय समाचार

  • १. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • २. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ५. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ६. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ७. आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

  • ८. सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

  • ९. सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति

  • १०. नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

लुप्लुङ्गका धनञ्जय गोत्रीय भण्डारीको कुलायन पूँजा


  •   शुक्रबार, मङि्सर २४, २०७८ मा प्रकाशित
  • – कमल प्रसाद पोख्रेल
    परिचय
    (प्रसङ्ग देवाली पूजा २०७८ मार्ग २४, २५)
    कुल देवता पूजालाई कुल पूजा, कुलायन पूँजा वा देवाली भन्ने गरेको पाइन्छ । यो कुलायन पूँजा कुन समयदेखि कुन स्थान बिशेषबाट कस्ले सुरुवात ग¥यो भन्ने सम्वन्धमा इतिहास एवं संस्कृतिको अध्ययन गर्दा यस्तो देखिन्छ । इतिहासको कालखण्डमा भारतमा मुस्लिमहरुको बाहुल्यता रहेको राज्यमा तत्कालीन मुस्लिम शासक वावरी वादशाहले शासन गर्दथे । त्यस समयमा उनले हिन्दुहरुप्रति आक्रमण गर्ने, हिन्दुहरुको अस्तित्व नै समाप्त पार्ने योजना बनाउँदथे । सोही बमोजिम हिन्दु ब्रहमणहरुको १३ गाढा जनाई (ब्रह्मसुत्र) जलाइदिने गर्दथे । सो आक्रमणको पिडा सहन नसकी त्यहाँबाट ब्राह्मण भागेर धर्म रक्षार्थ भारतकै गड्वाल, कुमाउमा बसाई सरे । त्यहाँ उनीहरु गढवाली, कुमाही ‘ब्राह्मण’ थरले प्रख्यात हुँदै बसाई सर्दै पश्चिम नेपाल प्रवेश गरे । तिनै धनञ्जय गोत्रीय ब्राह्मणमध्येका एक भाई हाल नेपाल अधिराज्यको जुम्ला खण्डमा पर्ने ‘रिजा–पोखरा रिजाल र पोख्रेल बसोवास गर्ने (डुल्लु) भन्ने स्थानमा आई बसोवास गरेका रहेछन् ।
    तत्काल कर्णाली प्रदेशको यो क्षेत्रलाई खसान भनिन्थ्यो, जहाँ खस आर्यहरुको बसोबास र बाहुल्यता थियो, जुन स्थानमा बसोवास गरेका खस आर्यहरु बाह्रौ शताव्दीपूर्व नेपाल प्रवेश गरिसकेका थिए। उनीहरुले कुल देवता पूँजाको रुपमा ‘मष्टो’ देवतालाई पूँजा गरेको मानेको पाइन्छ । त्यस पछि प्रवेश गरेका अन्य ब्राह्मणले मस्टोलाई कुल देवता मानेको पाइदैन । तिनै रिजा पोखरा (डुल्लु) हाल दैलेख जिल्लामा आएका एक भाइका चार भाई छोरा भएछन् । तिमध्ये पिताको शेषपछि जेठा रिजाको तत्कालीन ठकुरी राजाका राज गुरु, माहिला राजाका भण्डारे (राजकोषको मालिक, साइला वाँसी भन्ने स्थानमा गई बसाई सरेकोले बस्याल थर कायम हुँदै गएछ । कान्छा वालतपस्वी ब्रह्माचारी भई वेदान्त र ज्योतिषशास्त्र अध्ययन साथ हिन्दु धर्म ग्रन्थ अध्ययनमा लागेछन् ।
    यसरी ती चार भाई जेठा रिजा मै बसी रिजाल थर र माइला भण्डारेबाट भण्डारी थर, साईला बस्याल र कान्छा तिनै राम भक्तले हिन्दु धर्मको प्रचार गर्दै देश दर्शन गर्ने शिलशिलामा हालको अर्घाखाँची जिल्लाको अर्घौको राजाको राज गुरु भए। त्यसपछि ६५ वर्षको उमेरमा विवाह गरी भु.भुमी र साल.संरक्षण । भुमिको संरक्षण गर्ने, रक्षा गर्ने भएकोले भुसाल थर कायम गरी अर्घाखाँची जिल्लामा यत्रतत्र भुसाल थरको बिस्तार हँुदै गएछ ।
    यसरी रिजाल, भण्डारी, बस्याल र भुसाल सबै धनञ्जय गोत्रीय मस्टको कुलायन पूजा गर्ने गर्दछन् । उनीहरु खस आर्यका सन्तानमध्ये भण्डारी (राजकीय कोषको मालिक) ‘लुक्का पाताल क्षेत्रबाट लुप्लुङ्ग को नामाकरणबाट प्रख्यात उनीहरुको इतिहासको कालखण्डसँग जोडिएको धनञ्जय ऋषिका सन्तान हुन् । लुप्लुङ्गको पारिपट्टीको गाउँ ‘तिनै रिजाका जेठाका छोराका सन्तान लुङ्गमा आई बसेकोले समस्त यस क्षेत्रका रिजाल थरको नामले प्रख्यात हुन पुगे । यो लुङ्ग पनि रिजालहरुको पुख्र्यौली दोश्रो ऐतिहासिक थलो मानिन्छ ।
    कुलायन पूजा भनेको एउटै पिताका अलग अलग सन्तानहरु जुन हिजोको दिनमा एउटै भाडामा पकाई खाएका थिए उनीहरु बढ्दै जाँदा छुट्टी भिन्न भई बसे । एउटै गाउँ ठाउँमा नअटाएपछि विभिन्न स्थान विशेषमा बसाई सरेका एउटै गोत्र र प्रवरका वंशहरु कुलायन पूँजा वा देवाली पूजाको रुपमा आप्mना इस्टदेव मस्टो कुनैले बराहाको कुनैले देवीको नाममा पूजा गर्ने पूर्खाको सस्मरण गर्ने, भाइहरु एकै स्थान (कुलघर) मा जम्मा हुने, इस्टमित्र बोलाउने एउटै ताउलामा दुधमा पकाएको खिरलाई प्रसाद मानी खाने एक प्रकारको भाइ भोज हो ।
    धेरै भाइहरु भएपछि धेरैका धेरै मत हुने भएकोले सर्वमान्य मत कायम गराउँन धामी, पूजाराको मान्यता दिई परम्परागत पुख्र्यौली थलोबाट मान्दै आएको पूँजा आज स्थान बिशेषको भेदले आंशिक रुपमा कायम हुँदै आएको छ । यो संस्कारलाई निरन्तरता दिदै आएको पूँजालाई (देवाली) मानिन्छ । यसका आप्mनै विशेषता छन् । अन्तर जिल्ला देश विदेश समेतबाट यो पूँजामा श्रद्धासाथ आउने भेटघाट गर्ने, भाइ भाईको मिलन उत्सव हो । भोकर, झ्याली, घण्ट, बाजागाजा, मनोरन्जनका साधन हुन् भने चौरले धुलो जम्मा गरी भिडमा पनि शुद्धता दिने कार्य गर्दछ । घण्ट, भोकर, भ्mयालीको ध्वनीले सामान्य किटाणु नस्ट पार्ने वा लट्ठ पार्ने कार्य समेत गर्दछन् । लुप्लुङ्गमा हुने कुलायन पूजाको नेतृत्व भण्डारीहरुले गरे पनि यो सम्पूर्ण त्यस क्षेत्रका अन्य जाती थर समेतको समावेशी देवाली पूँजा मानिन्छ । सबैले शुद्धशान्ति एवं पूँजामा सरिक हुने गर्दछन् । यो देवालीमा हजारौ हजार बोको वली दिइन्छ । रगतको खोलो बग्दछ । निरअपराधी पशुको स्वतन्त्र रुपमा बाँच्न पाउँने अधिकारको अपहरण यसका नकारात्मक पक्ष हुन् । असभ्य अवस्थामा प्रकृति प्रकोपमा अन्य कुनै उपाय नदेखि भगवानलाई खुशी पार्न वली चढाउँने निर्धा पशुको हत्या गर्ने चलनको निरन्तरता पनि हो, जुन सभ्य समाजमा सुहाउदैन ।
    जे होस्, यो धनञ्जय ऋषिका सन्तान भण्डारीहरुको देवाली इतिहासको सस्मरण हो, परम्पराको निरन्तरता हो । त्यसैले नकारात्मक पक्षहरु जाने र सकारात्मक कुराहरु अनुसरण गर्दै गएमा लुक्का पातल क्षेत्रका लुप्लुङ्गका भण्डारीहरुको कल्याण छ । यो गाउँलाई पुख्र्यौली थलो झुलेनी पर्यटकीय स्थल बनाउँदै गएमा भण्डारी बन्धुहरुको बर्चश्व बढ्दै र फैलदै जाने छ । सदा सस्मरण योग्य बन्दै जाने छ । यस कुलायन पूँजा परम्पराले भविश्यमा पर्यटकीय स्थलको रुपमा यसको कृति यत्र तत्र फैलदै जाने छ । लुप्लुङ्ग गाउँको संरक्षणको लागि आर्थिक प्रलोभनमा चुनढुंगा उत्खनन् जस्ता कार्यहरु नियन्त्रण गर्दै समस्त लुक्का पातल क्षेत्रको संरक्षण आजको आवश्यकता भै सकेको छ, जसले प्यूठान जिल्लाको चिनारिमा लुङको देवालीका आलम, लुप्लुङ्गका भ्mयाली वाजाको महत्व यत्रतत्र अझै बिस्तार हुँदै जाओस् ।

    Advertisement

    शुक्रबार, मङि्सर २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा
    सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा
    सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति
    पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना
    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै
    कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    लोकप्रिय

    • १.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • २.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ५.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ६.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    भर्खरै

    • १.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • २.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ३.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • ४.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ५.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ६.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ७.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    • ८.
      स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation