पाल्पाका विरबहादुर रानाद्धारा उम्मेद्वारी घोषणा

बुटवल । नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापती एंव लुम्बिनी प्रदेशका मन्त्री विरबहादुर रानाले केन्द्रीय सदस्यमा उम्म्द्वारी घोषणा गरेका छन ।

मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि रानाले संस्थापन इतर (पौडेल) समूहबाट आदिवासि जनजाती) तर्फको केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका हुन । लुम्बिनीका उर्जा, जलश्रोत तथा सिचाई मन्त्री रहेका रानाले राजनीतिमा नैतिकता स्थापिन गर्नका लागि आफ्नो उम्म्द्वारी रहेको बताए ।
उनले काँग्रेसमा स्वेच्छारी प्रवृत्ति देखिएकाले त्यसलाई सुधार गर्नका लागि असल नेताहरु आउनुपर्ने बताए । रानाले राजनीतिक रुपमा समेत महत्वपूर्ण क्षेत्र पाल्पा भएकाले त्यसलाई उचित स्थान दिन माग गरे ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...