अनुज पछाई, प्यूठान । खर तथा फुसको छाना मुक्त गर्ने अभियान अन्तर्गत प्यूठान नगरपालिकाको १० वटै वडामा निबेदन संकलन गर्न थालिएको छ ।
बुधबार बसेको बैठकको निर्णय अनुसार नगरपालिका भित्र रहेका प्रत्यक वडाबाट निबेदन संकलनको कार्यलाई अगाडी बढाइएको प्यूठान नगरपालिकाको कार्यालयले जनाएको छ । खर तथा फुसको छाना भएका ब्यक्तिले यहि मंसिर २३ गतेसम्म नेपाली नागरिकताको प्रतिलिपि एक थान जग्गाधनी पुर्जाको प्रतिलिपि एक थान ,जग्गाधनीको एउटा फोटो र खर तथा फुसको छाना भएको घरको लम्बाई चौडाइको विबरणसहित निबेदन दिनको लागी प्यूठान नगरपालिकाले अनुरोध गरेको छ ।
नगरपालिकाभित्र रहेका ११ हजार बढी घरधुरी मध्य गत आर्थिक बर्षमा ६ सय बढी घरमा खरको छानो बिस्तापित गरिसकेको प्यूठान नगरपालिकाका प्रशासकिय अधिकृत थानेस्वर भण्डारीले बताए । चालु आर्थिक बर्षमा रु १ करोड बराबरको बजेटबाट प्रतिघरधुरी रु ७५ हजार रुपैयाको दरले निवेदनको आधारमा जस्तापाता वितरण गर्ने योजना रहेको अधिकृत भण्डारीको भनाइ छ ।
खरको छाना मुक्त गर्दै प्यूठान नगरपालिका
खरको छाना मुक्त गर्दै प्यूठान नगरपालिका
Advertisement
तपाईको प्रतिक्रिया