कामनाडेली, बुट्वल। नेपाल कम्युनिस्ट पाटी (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश कमिटीले सगंठन विस्तार अभियानलाई तिव्र पारेकाे छ । पाटीका प्रदेश ईन्चार्ज भागवत विश्वासी,अध्यक्ष मेटमणि चाैधरी, सचिव राजु गुरुङ लगायतका नेताहरु यतिवेला अन्य पाटीवाट एकीकृत समाजवादी पाटीमा आउनेहरुलाई स्वागत गर्न भ्याईनभ्याई भएका छन । प्रदेशका १२ वटै जिल्लामा पाटी प्रवेश गर्नेहरुकाे लहर नै चलेकाे नेताहरु वताउछन । विहिवार विहानै लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चाैधरीले बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नं १ चाैधरिपुरमा नेपाल कम्युनिष्ट पार्टि ( एकीकृत समाजवादी ) काे सदस्यता बितरण गरेका छन ।
Advertisement