• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ३. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ४. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ५. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ६. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ७. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ८. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ९. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • १०. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

लोकतान्त्रिक शासनमा अलोकतान्त्रिक दल


  •   सोमबार, मङि्सर ०६, २०७८ मा प्रकाशित
  • संजय रिजाल। मुलुकको जेठो तथा लोकतन्त्रको पहरेदार नेपाली कांग्रेस लोकतन्त्रलाई बलियो बनाउन बिभिन्न आन्दोलनमा होमिएको इतिहास छ । राणाशाही, पञ्चायत, राजाको प्रत्यक्ष शासन तथा तानाशाहीतन्त्र बिरुद्धको आन्दोलनमा नेतृत्व गरेको नेपाली कांग्रेस यतिबेला आफ्नै दलको आन्तरिक लोकतन्त्रमा चुक्दै गएको छ ।
    हुँदा हुँदा अब समयमै अधिवेशन समेत गर्न नसकेर निर्वाचन आयोगले समेत कांग्रेसलाई सचेत गराउनुपर्ने अवस्था सिर्जना भएको छ । आवधिक निर्वाचन लोकतान्त्रिक शासन प्रणालीको महत्वपूर्ण आधारस्तम्भ हो । त्यो आधारस्तम्भलाई पछ्याएर कांग्रेसले २०३६ सालमा जनमत संग्रहको माग ग¥यो । राजाले जनमत संगहको माग स्वीकार गरी बहुदल र निर्दलको पक्षमा जनमत संग्रहको फैसला गरेपछि कांग्रेसले त्यो निर्वाचनमा भाग लियो । परिणाम जस्तो आए पनि कांग्रेसले जनमतको त्यतिबेला सम्मान गरेको थियो ।
    नेपाली कांग्रेस जस्तो परिवर्तनकारी लोकतान्त्रिक दल नै आवधिक रुपमा दलको समयमै अधिवशेन वा निर्वाचन गर्न नसक्नु दुःखद पक्ष हो ।
    मुलुककै लोकतान्त्रिकरणको नेतृत्व गर्ने दावी गरिरहेको कांग्रेस आप्mनै दलभित्र पनि लोकतान्त्रिक विधिबाट अधिवेशन गर्न नसकिरहेको अहिलेको यथार्थता हो । निर्धारित समयमै अझैसम्म पनि कांग्रेसले कतिपय वडा, स्थानीय तह, क्षेत्रीय अधिवेशन समेत गर्न सकिरहेको छैन ।
    क्रियाशील सदस्यता बितरण देखि नै कांग्रेसमा विवाद देखिएको हो । त्यो विवादले भ्mंयागिदै अहिलेको रुप लिएको छ । कुनै पनि दलको विधान हुन्छ, त्यो विधान अनुसार दल सञ्चालन हुने हो । लोकतन्त्रमा प्रक्रिया, नीति, विधिको महत्वपूर्ण भूमिका हुने गर्दछ । प्रक्रिया, विधि, नीति पालना गर्ने भनेको त्यो दलका सदस्यहरुले हो । ती सदसय भनेका अन्ततः व्यक्ति हुन् । ती व्यक्तिहरले प्रक्रिया, विधि, नीति पालना नगरेपछि त्यहाँ लोकतान्त्रिक मूल्य मान्यता रहदैन ।
    अहिले कांग्रेस लोकतान्त्रिक दल भनेर के गर्ने ? अहिले त्यहाँ, प्रक्रिया, विधि, नीतिले प्राथमिकता पाएको छैन । कसको पहुँच कति छ ? कसको शक्ति कति छ ? सकेसम्म कुनै व्यक्तिलाई अधिवेशनमा सरिक नै हुन नदिने अवस्था सिर्जना गरिदैछ । यस्तो व्यवहारले कुनै पनि हालतमा लोकतन्त्रलाई मल जल दिदैन । अरु दललाई लोकता्िन्त्रक आचरण सिकाउनुपर्ने कांग्रेस आप्mनै घरभित्र समेत लोकतान्त्रिक आचरण प्रस्तुत गर्न सकिरहेको छैन ।
    हुनतः लोकतन्त्र भनेको संस्कारसँग जोडिएको विषय हो । लोकतन्त्रमा व्यक्तिका वानी व्यवहार समेत जोडिएका हुन्छन् । लामो समयसम्म निरंकुशता लादेर सत्ता सञ्चालन भएको इतिहासले हुनसक्छ त्यो वानीबाट हामी अझै लोभिएका छौं । शक्तिमा जान नपाएसम्म लोकतन्त्रको नारा जप्ने शक्तिमा पुगेपििछ निरंकुशता प्रदर्शन गर्ने हाम्रो चरित्र बनेको छ । यो चरित्रले लोकतान्त्रिक आचरणमा असर गरेको छ ।
    लोकतन्त्र भनेको जनताको मतबाट कुनै दलको नीति मन पराएर त्यही नीतिको आधारमा शासन सञ्चालन गर्ने हो । आवधिक रुपमा जनमत लिने हो । त्यस्तै पाटी अधिवेशन भनेको दलको नेतृत्व तथा नीति छान्ने महाअवसर हो । नीति र नेतृत्व सदस्यहरुबाट बैधता दिनको लागि प्रतिनिधिमूलक रुपमा अधिवेशन गर्ने गरिन्छ । यो प्रचलन हरेक राजनीतिक दलमा हुने गर्दछ। हाम्रो संविधानमै दलको अधिवेशन गर्ने प्रावधान राखिएको छ । निश्चित अवधिमा दलको अधिवेशन गर्नुपर्ने बाध्यकारी कानुनी प्र्रावधान छ ।
    बाध्यकारी कानुनी प्रावधान हुँदा पनि दलले समयमै अधिवेशन गर्न नसक्नु कारण के हो ? तपाई हामी सहजै अनुमान गर्न सक्छौ – मौका परेको बेला नेतृत्वमा रहिरहने फेरि चुनिनै हो कि हैन । नीतिले काम गर्ने भन्दा पनि आफुले भने मान्ने कति जना कुन कुन पदमा चुनिन्छन् । आफ्नो अनुकुल हुन्छ हुँदैन भन्ने हेरेर नेतृत्व चयन गरिदैछ । यस्तो चरित्र भएको नेतृत्वलाई के भन्ने ?
    लोकतन्त्र भनेको चरित्र तथा व्यवहारबाट सिर्जित संस्कार पनि हो । त्यो संस्कार अहिले दलमा आकांक्षी रहेका नेतृत्वले स्वीकार्न सकिरहेको छैन ।
    भागवण्डाको आधारमा नेतृत्व गर्ने परिपाटीको शुरुवात भएको छ । सदस्यत तथा कार्यकर्ताको मतभन्दा पनि विपक्षी दलको हाउगुजी देखाएर दलको आन्तरिक लोकतन्त्रमाथि कुठाराघात गरिएको छ ।
    कांग्रेसले अघिल्लो महाधिवेशनमा सबै तहमा आन्तरिक प्रतिस्पर्धा गरेर जिल्लामा नेतृत्व छनौट गरेको थियो । त्यो इतिहासले कांग्रेसलाई केही हदसम्म भए पनि संगठन सुदृढीकरणमा सहयोग पुगेको देखिन्छ । जसको कारण कांग्रेसले लगत्तैको स्थानीय तहको निर्वाचनमा दरिलो उपस्थिति जनाएको थियो ।
    अघिल्लो अधिवेशन अर्को रुपमा पनि महत्वपूर्ण हुन पुगेको थियो । अन्य प्रतिस्पर्धी दलको भागवण्डाबाट हुने नेतृत्व छनौट कांग्रेसको प्रतिस्पर्धाबाट हुनुले अन्य दलका कार्यकर्ता समेत कांग्रेस अधिवेशनको आन्तरिक प्रतिस्पर्धाबाट लोभिएका थिए ।
    प्यूठान कांग्रेसले अघिल्लो अधिवेशनको तुलनामा यसपाली लोकतान्त्रिक संस्कार देखाउन सकिराखेको छैन । अधिकांश नेतृत्व सहमतीको आधारमा चयन गरिएको भनिए पनि त्यहाँ विभिन्न समस्याहरु देखिएका छन् । ती समस्याहरु अहिले भ्mयांगिएर अधिवेशन अनिश्चित हुने अवस्थासम्म सिर्जना भएको छ । कुनै पनि लोकतान्त्रिक दललाई अलोकतान्त्रिक विधिबाट सञ्चालन गर्ने जमर्को गरे त्यसले दुर्घटना सिवाय के नै तिम्त्याउन सक्छ र ?

    Advertisement

    सोमबार, मङि्सर ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ३.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ४.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ५.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ६.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation