संजय रिजाल। मुलुकको जेठो तथा लोकतन्त्रको पहरेदार नेपाली कांग्रेस लोकतन्त्रलाई बलियो बनाउन बिभिन्न आन्दोलनमा होमिएको इतिहास छ । राणाशाही, पञ्चायत, राजाको प्रत्यक्ष शासन तथा तानाशाहीतन्त्र बिरुद्धको आन्दोलनमा नेतृत्व गरेको नेपाली कांग्रेस यतिबेला आफ्नै दलको आन्तरिक लोकतन्त्रमा चुक्दै गएको छ ।
हुँदा हुँदा अब समयमै अधिवेशन समेत गर्न नसकेर निर्वाचन आयोगले समेत कांग्रेसलाई सचेत गराउनुपर्ने अवस्था सिर्जना भएको छ । आवधिक निर्वाचन लोकतान्त्रिक शासन प्रणालीको महत्वपूर्ण आधारस्तम्भ हो । त्यो आधारस्तम्भलाई पछ्याएर कांग्रेसले २०३६ सालमा जनमत संग्रहको माग ग¥यो । राजाले जनमत संगहको माग स्वीकार गरी बहुदल र निर्दलको पक्षमा जनमत संग्रहको फैसला गरेपछि कांग्रेसले त्यो निर्वाचनमा भाग लियो । परिणाम जस्तो आए पनि कांग्रेसले जनमतको त्यतिबेला सम्मान गरेको थियो ।
नेपाली कांग्रेस जस्तो परिवर्तनकारी लोकतान्त्रिक दल नै आवधिक रुपमा दलको समयमै अधिवशेन वा निर्वाचन गर्न नसक्नु दुःखद पक्ष हो ।
मुलुककै लोकतान्त्रिकरणको नेतृत्व गर्ने दावी गरिरहेको कांग्रेस आप्mनै दलभित्र पनि लोकतान्त्रिक विधिबाट अधिवेशन गर्न नसकिरहेको अहिलेको यथार्थता हो । निर्धारित समयमै अझैसम्म पनि कांग्रेसले कतिपय वडा, स्थानीय तह, क्षेत्रीय अधिवेशन समेत गर्न सकिरहेको छैन ।
क्रियाशील सदस्यता बितरण देखि नै कांग्रेसमा विवाद देखिएको हो । त्यो विवादले भ्mंयागिदै अहिलेको रुप लिएको छ । कुनै पनि दलको विधान हुन्छ, त्यो विधान अनुसार दल सञ्चालन हुने हो । लोकतन्त्रमा प्रक्रिया, नीति, विधिको महत्वपूर्ण भूमिका हुने गर्दछ । प्रक्रिया, विधि, नीति पालना गर्ने भनेको त्यो दलका सदस्यहरुले हो । ती सदसय भनेका अन्ततः व्यक्ति हुन् । ती व्यक्तिहरले प्रक्रिया, विधि, नीति पालना नगरेपछि त्यहाँ लोकतान्त्रिक मूल्य मान्यता रहदैन ।
अहिले कांग्रेस लोकतान्त्रिक दल भनेर के गर्ने ? अहिले त्यहाँ, प्रक्रिया, विधि, नीतिले प्राथमिकता पाएको छैन । कसको पहुँच कति छ ? कसको शक्ति कति छ ? सकेसम्म कुनै व्यक्तिलाई अधिवेशनमा सरिक नै हुन नदिने अवस्था सिर्जना गरिदैछ । यस्तो व्यवहारले कुनै पनि हालतमा लोकतन्त्रलाई मल जल दिदैन । अरु दललाई लोकता्िन्त्रक आचरण सिकाउनुपर्ने कांग्रेस आप्mनै घरभित्र समेत लोकतान्त्रिक आचरण प्रस्तुत गर्न सकिरहेको छैन ।
हुनतः लोकतन्त्र भनेको संस्कारसँग जोडिएको विषय हो । लोकतन्त्रमा व्यक्तिका वानी व्यवहार समेत जोडिएका हुन्छन् । लामो समयसम्म निरंकुशता लादेर सत्ता सञ्चालन भएको इतिहासले हुनसक्छ त्यो वानीबाट हामी अझै लोभिएका छौं । शक्तिमा जान नपाएसम्म लोकतन्त्रको नारा जप्ने शक्तिमा पुगेपििछ निरंकुशता प्रदर्शन गर्ने हाम्रो चरित्र बनेको छ । यो चरित्रले लोकतान्त्रिक आचरणमा असर गरेको छ ।
लोकतन्त्र भनेको जनताको मतबाट कुनै दलको नीति मन पराएर त्यही नीतिको आधारमा शासन सञ्चालन गर्ने हो । आवधिक रुपमा जनमत लिने हो । त्यस्तै पाटी अधिवेशन भनेको दलको नेतृत्व तथा नीति छान्ने महाअवसर हो । नीति र नेतृत्व सदस्यहरुबाट बैधता दिनको लागि प्रतिनिधिमूलक रुपमा अधिवेशन गर्ने गरिन्छ । यो प्रचलन हरेक राजनीतिक दलमा हुने गर्दछ। हाम्रो संविधानमै दलको अधिवेशन गर्ने प्रावधान राखिएको छ । निश्चित अवधिमा दलको अधिवेशन गर्नुपर्ने बाध्यकारी कानुनी प्र्रावधान छ ।
बाध्यकारी कानुनी प्रावधान हुँदा पनि दलले समयमै अधिवेशन गर्न नसक्नु कारण के हो ? तपाई हामी सहजै अनुमान गर्न सक्छौ – मौका परेको बेला नेतृत्वमा रहिरहने फेरि चुनिनै हो कि हैन । नीतिले काम गर्ने भन्दा पनि आफुले भने मान्ने कति जना कुन कुन पदमा चुनिन्छन् । आफ्नो अनुकुल हुन्छ हुँदैन भन्ने हेरेर नेतृत्व चयन गरिदैछ । यस्तो चरित्र भएको नेतृत्वलाई के भन्ने ?
लोकतन्त्र भनेको चरित्र तथा व्यवहारबाट सिर्जित संस्कार पनि हो । त्यो संस्कार अहिले दलमा आकांक्षी रहेका नेतृत्वले स्वीकार्न सकिरहेको छैन ।
भागवण्डाको आधारमा नेतृत्व गर्ने परिपाटीको शुरुवात भएको छ । सदस्यत तथा कार्यकर्ताको मतभन्दा पनि विपक्षी दलको हाउगुजी देखाएर दलको आन्तरिक लोकतन्त्रमाथि कुठाराघात गरिएको छ ।
कांग्रेसले अघिल्लो महाधिवेशनमा सबै तहमा आन्तरिक प्रतिस्पर्धा गरेर जिल्लामा नेतृत्व छनौट गरेको थियो । त्यो इतिहासले कांग्रेसलाई केही हदसम्म भए पनि संगठन सुदृढीकरणमा सहयोग पुगेको देखिन्छ । जसको कारण कांग्रेसले लगत्तैको स्थानीय तहको निर्वाचनमा दरिलो उपस्थिति जनाएको थियो ।
अघिल्लो अधिवेशन अर्को रुपमा पनि महत्वपूर्ण हुन पुगेको थियो । अन्य प्रतिस्पर्धी दलको भागवण्डाबाट हुने नेतृत्व छनौट कांग्रेसको प्रतिस्पर्धाबाट हुनुले अन्य दलका कार्यकर्ता समेत कांग्रेस अधिवेशनको आन्तरिक प्रतिस्पर्धाबाट लोभिएका थिए ।
प्यूठान कांग्रेसले अघिल्लो अधिवेशनको तुलनामा यसपाली लोकतान्त्रिक संस्कार देखाउन सकिराखेको छैन । अधिकांश नेतृत्व सहमतीको आधारमा चयन गरिएको भनिए पनि त्यहाँ विभिन्न समस्याहरु देखिएका छन् । ती समस्याहरु अहिले भ्mयांगिएर अधिवेशन अनिश्चित हुने अवस्थासम्म सिर्जना भएको छ । कुनै पनि लोकतान्त्रिक दललाई अलोकतान्त्रिक विधिबाट सञ्चालन गर्ने जमर्को गरे त्यसले दुर्घटना सिवाय के नै तिम्त्याउन सक्छ र ?
लोकतान्त्रिक शासनमा अलोकतान्त्रिक दल
लोकतान्त्रिक शासनमा अलोकतान्त्रिक दल

Advertisement
तपाईको प्रतिक्रिया