• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

लोकप्रिय समाचार

  • १. भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

लुम्बिनीको प्रदेश भवन अन्तिम चरणमा


  •   बिहिबार, कार्तिक २५, २०७८ मा प्रकाशित
  • बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी मंसिरसम्म प्रदेशसभाको भवन तयार गर्ने भएको छ । लुम्बिनीको स्थायी राजधानी दाङको भालुवाङमा निर्माणाधीन भवन आगामी मंसिरसम्म पूरा हुने प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्त घिमिरेले जानकारी दिनुभयो ।

    Advertisement

    प्राधिकरणले दुई चरणमा सक्ने गरी भवन निर्माणको काम अगाडि बढाएको हो । प्रदेशसभाको भवन लुम्बिनी प्रदेशको ऐतिहासिकता झल्किने गरी आधुनिक शैलीमा निर्माण भैरहेको छ । ५ करोड २२ लाखको लागतमा निर्माण हुन लागेको भवनमा ढुंगाको छाना, आँखी झ्याल जस्ता यस क्षेत्रका परम्परागत डिजाइनहरु समावेश गर्ने गरी काम भैरहेको प्राधिकरणका प्रमुख घिमिरेले बताउनुभयो ।

    भवन निर्माणका लागि अहिले रातिमा समेत कामदार खटिएका छन् । भवन निर्माणका लागि २४ वैशाख २०७७ मा ठेक्का सम्झौता गरी निर्माणको काम सुरु भएको थियो । ठेक्का सम्झौता अनुसार २०७८ साउनभित्रै भवन निर्माण गरी हस्तान्तरण गर्नुपर्ने छ ।

    तर, सम्झौता अनुसार काम नभएपछि निर्माण कम्पनी परिवर्तन गरी अर्कोलाई ठेक्का दिइएको हो । सुरुमा भवन निर्माणका लागि ड्रागन जेभी बस्नेतलाई ठेक्का दिइएकोमा सम्झौता अनुसार काम नभएपछि अर्का निर्माण व्यवसायी यज्ञ केसीलाई निर्माणको जिम्मा दिइएको छ ।

    प्रदेशसभाले हिउँदे अधिवेशन नयाँ भवनमै गर्ने गरी तयारी गरेको छ । वर्षे अधिवेशन सकिने र आगामी हिउँदै अधिवेशन दाङमा निर्मित नयाँ भवनमा गर्ने गरी तयारी गरिएको लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । हाल प्रदेशको अस्थायी मुकाम बुटवलमा भाडाको घरमा प्रदेशसभा सञ्चालन भैरहेको छ । देउखुरीमा राप्ती प्राविधिक शिक्षालयको जग्गामा प्रदेशसभाको भवन निर्माण भैरहेको हो ।

    प्रदेशसभा भवनका लागि आवश्यक पर्ने सबै संरचना १२ हजार स्क्वायर फिटमा तयार हुनेछन् । प्रदेशसभाको सभाहल भने ७ हजार स्क्वायर फुटमा तयार भैरहेको प्राधिकरणका प्रमुख घिमिरेले बताउनुभयो ।

    बिहिबार, कार्तिक २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    भर्खरै

    • १.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • ३.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ४.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ५.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ७.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ८.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation