अनुज पछाई,प्युठान। एल आइ सि इन्सुरेन्स कर्पाेरेसन नेपाल लिमिटेडको साखा कार्यालय जुम्रि साखाले प्यूठानका बिभिन्न रोगका कारण ज्यान गुमाएका सदस्यका आफन्तलाई बिहिबार घरमै पुगेर मृत्यु दाबि भुक्तानि गरेको छ ।
कोरोना सङक्रमणको कारणले ज्यान गुमाएका माण्डबी गाउपालिका ४ जस्पुरका बसन्ता अधिकारीको छोरा गिरिराज अधिकारीलाई बिमा रकम र बोनस सहित रु ५ लाख २३ हजार ५२० रकम बराबरको चेक हस्तान्तरण गरिएको प्यूठान शाखाका प्रमुख गोबिन्द रानाले बताए ।
त्यस्तै, गत आइतबार ब्लड क्यान्सर रोगका कारण ज्यान गुमाएका प्यूठान नगरपालिका ४ टारीका मृतक नरेन्द्र सुबेदीको श्रीमति सीता केसी अधिकारीलाई १ लाख बिमा र बोनस गरि २ लाख ४ हजार ९ सय बराबरको चेक भुक्तानि गरेको एल आइ सि नेपाल लिमिटेड प्यूठानका नायब शाखा प्रबन्धक गोबिन्द रानाले बताउनुभयो ।
Advertisement