• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

लोकप्रिय समाचार

  • १. भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

प्यूठानका किसानलाई धान भित्र्याउने चटारो


  •   सोमबार, कार्तिक ०१, २०७८ मा प्रकाशित
  • अनुज पछाई, प्यूठान — दसैंको टीका लगत्तै प्यूठानका किसानलाइ धान भित्र्याउने चटारो भएको छ । धान उत्पादनको पकेट क्षेत्र मानिने प्यूठानको झिमरुक फाँटका किसानलाइ खेतमा पहेँलपुर भएको धानवाली भित्र्याउन भ्याइनभ्याइ हुन थालेको हो । हिजोआज झिमरुक उपत्यका क्षेत्रका किसान धान काट्न, स्यार्न र बोक्नमै व्यस्त देखिन्छन।
    मनसुन सकिएसँगै धान भित्र्याउन सुरु गरेका यहाँका किसान दसैं मनाउन व्यस्त थिए । शनिबारदेखि फेरी धान कटाइ सुरु भएको छ ।

    Advertisement

    यसपाली ढिलोसम्म मनसुन रहेकाले किसानले समयमा धान भित्र्याउन पाएका छैनन् । दसैंको २÷३ दिन बाहेक किसानहरु धान कटाइमै व्यस्त थिए । चाँडो बाली तयार हुने राधा–४, सर्जु–५२ लगायतका धान पाकेर दाना झर्ने अवस्था भइसकेकोले धान भित्र्याउन हतार भइसकेको प्यूठान नगरपालिका २ का किसान दिनेश बिष्टले बताए ।

    ‘ढिलोसम्मको झरीका कारण केही धान ढलेकोले काट्न पनि समस्या परिहरेको छ,’ बिष्टले भने । यसपाली धान भित्र्याउने बेला वर्षा भएकोले धान ढलेर केही क्षति भएको उनले बताए ।
    प्यूठान नगरपालिका ४ कार्की डाडाका किसान महेश कार्कीले करिब २ विघामा फलेको धान वर्षाले पुरै ढलाएको सुनाए । उनले भने, ‘हावापानी आयो । सबै धान ढल्यो । ढलेका धान पुरै कुहियो । मिहिनेत र लगानी सबै खेर गयो ।’
    प्यूठानको झिमरुक फटमा सिँचाई कुलोको पानी लाग्ने भएपछि यहाँका किसानले चाँडै नै रोपाईं सकाएका थिए । पानी नपरेको भए यहाँका किसानले धान भित्र्याइ सकेका हुन्थे ।
    धान काट्न यहाँका किसानले पर्मियु तथा ज्यालादारीमा हसियाको प्रयोग गर्दछन । हसियाले धान काट्दा समय पनि लाग्ने र लगानी पनि धेरै लाग्ने किसानहरु बताउछन ।

    किसानहरु आधुनिक कृषि औजारमा आकर्षित हुँदै गएपनि कतिपयको आर्थिक अवस्थाका कारण औजार किन्न नसकेकाले परम्परागत औजार हँसियाकै सहारामा धान काट्ने गरेको छन ।

    सोमबार, कार्तिक ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    भर्खरै

    • १.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • ३.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ४.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ५.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ७.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ८.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...