• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, जेठ १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

लोकप्रिय समाचार

  • १. नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

  • २. एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

  • ३. अस्पताल बने, सेवा सुरु भएन

  • ४. सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

  • ५. बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

  • ६. भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

  • ७. लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

  • ८. सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

  • ९. ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

  • १०. गुल्मीको धुर्कोटसहित चार पालिकामा शून्य बेरुजु

कोरोना संकटमा जिविकोपार्जन


  •   मङ्गलबार, भदौ ०१, २०७८ मा प्रकाशित
  • कोरोना संकट शुरु भएको दुई वर्ष पुग्न अव केही महिना बाँकी छ । छिमेकी मुलुक चिनको बुहान शहरबाट सन् २०१९ को अन्तिम महिना डिसेम्वरमा यो भाइरस पहिलोपटक देखा परेको थियो । ठूलो संख्यामा मानिसहरु विरामी परेपछि मानिसको स्वास्थ्य जाँच गर्दा कोरोना देखा परेको होे ।
    चिन जस्तो विश्वमै सर्वशक्तिमान हुने दौडमा अगाडि बढेको देशलाई समेत कोरोनाले केही समय त्राही त्राही बनाएको थियो । तथापि चिनीयाहरुको उच्च व्यवस्थापकीय क्षमता तथा ठूलो लगानीले कोरोनालाई उनीहरुले नियन्त्रणमा लिन सफल भए । उनीहरुले कोरोनालाई नियन्त्रणमा लिन मात्र सफल भएनन्, कोरोनाकै अवधिमा पनि कोरोनासँग जुध्न सक्ने प्रतिरक्षा प्रणाली मजबुत बनाउँदै लगे । कोरोनाबाट सिर्जित विश्वकै त्रासदी अवस्थामा अमेरिकाजस्तो शक्तिसम्पन्न राष्ट्रलाई समेत स्वास्थ्य सामाग्री सहयोग गरेर विश्वमै चिनिया व्यवस्थापनको उदाहरण प्रस्तुत गरे ।
    चिनियाहरुले कोरोनाका कारण उत्पन्न समस्यालाई अवसरका रुपमा बदल्न स्वास्थ्य सामाग्री उत्पादनमा छलाङ्ग मारे । विश्वमै उनीहरुले उत्पादन गरेका स्वास्थ्य सामाग्री बिक्री गरेर कोरोनाले शिथिल हुन थालेको अर्थतन्त्रलाई चलायमान बनाए ।
    हाम्रो छिमेकी मुलुक चिन कोरोनाकै बीचमा पनि विभिन्न बाधा अवरोध पन्छाउँदै समुन्नतिको बाटोमा अगाडि बढिरहेको छ । चिनियाहरुले सम्पूर्ण ताकत नागरिकको स्वास्थ्य रक्षाका लागि लगाए । भविष्यमा आइपर्ने यस्ता स्वास्थ्य महामारीलाई व्यवस्थापन गर्न सक्ने स्वास्थ्य पूर्वाधारको समेत तयार गरे ।
    कोरोनाको विगत पुग नपुग दुई वर्षको अवधिमा हाम्रो मुलुक नेपालको अवस्था हे¥यौ भने यसबीचमा यहाँ एकजूट भएको दल पूmटमा पुगे । संसद विघटन र पुस्र्थापनाको बहस भए । सरकार ढल्ने र बनाउने खेल भए । यहाँका सरकार प्रमुखले नै कोरोना भनेको केही होइन, बेसार पानी खाऔ, कोरोना पचाऔं भन्ने विवादास्पद अभिव्यक्ति दिए ।
    डिसेम्वरको अन्त्यतिरबाट शुरु भएको कोरोना संक्रमण नेपालमा फैलन करिव तीन महिना लागेको थियो । त्यो अवधिसम्म धेरै पूर्व तयारी गर्न सक्ने अवस्था थियो तर सरकार त्यसतर्फ उदासिन भयो । जव कोरोना मुलुकभर व्याप्त रुपमा फैलियो तव मात्र कोरोना संकट व्यवस्थापनको लागि काम गर्न थालियो । जसको परिणाम आज हामीले कोरोनाकै कारण मृत्यु भएको दश हजार मध्ये धेरैलाई बचाउन सक्ने अवस्था रहन सक्थ्यो । महामारी व्यवस्थापन गर्ने पूर्व तयारी राम्रो भएको भए । कोरोनाको कारण यति ठूलो क्षती हामीले सायदै भोग्नु पर्ने थिएन ।
    कोरोना संकट नियन्त्रण गर्नमा देखाइएको हेलचेक्रेयाई अहिले कोरोना पछिको संकट व्यवस्थापनमा पनि देखाइदै छ । सरकारले कोरोना संकटका कारणले समस्यामा परेका नागरिकका लागि सहुलियत तथा राहतका प्रभावकारी कार्यक्रमहरु यथेष्ट मात्रामा ल्याउन तथा सञ्चालन गर्न सकिरहेको छैन ।
    कोरोना संकटका कारण धेरै मानिसहरु मनोसामाजिक समस्यामा परेका छन् । उनीहरुका लागि पनि मनोविमर्श सेवा सहज उपलव्ध हुने बातावरण छैन ।
    कोरोना संकटको महामारी अझै पनि पूर्ण नियन्त्रणमा आइसकेको छैन । यो केही मत्थर मात्र भएको हो । विशेषज्ञको कुरालाई आधार मान्ने हो भने तेश्रो चरणको कोरोना संक्रमण मुलुकमा आउनेवाला छ । यसले बालबालिकामा बढि प्रभाव पार्ने बताइदै छ ।बालबालिका भनेको अहिलेसम्म कोरोना बिरुद्धको खोप नलगाएको समूह हो । बालबालिकामा संक्रमण फैलियो भने यसले कस्तो रुप ल्याउला हामीले सहजै अनुमान गर्न सक्छौ संक्रमण भयावह हुन सक्छ । बालबालिकामाथि हुने सम्भावित भयावहपूर्ण संक्रमणको उचित तयारी अहिलेसम्म भएको देखिदैन ।
    बालबालिकाको स्वास्थ्यको लागि विशेषज्ञ जनशक्तिको हामीकहाँ कमी देखिन्छ । बाल स्वास्थ्य क्षेत्रको स्वास्थ्य पूर्वाधार पनि अत्यन्तै सिमित मात्रामा भएको कारण पनि कोरोना संकट व्यवस्थापन गर्न बढि चुनौति देखिन्छ ।
    अहिले सरकारले कोरोना संकटको लागि तीन तरिकाबाट काम गर्नुपर्दछ । पहिलो सम्भावित कोरोना संकटको पूर्व तयारी, दोश्रो मौजुदा कोरोना संकटको यथोचित व्यवस्थापन र तेश्रो यसअघिदेखि नै कोरोना संकटका कारण रोजगार तथा आयआर्जनविहीन भएर दैनिक जिवनयापन गर्न समस्यामा परेका नागरिकहरुका लागि राहत तथा आयआर्जनका कार्यक्रम सञ्चालन ।
    कोरोना संकटबाट गुज्रेका परिवारमध्ये पनि आय आर्जनको श्रोत कम भएका परिवारको लगत संकलन गर्ने र उनीहरुकै समस्याको आधारमा सकेसम्म उनीहरुलाई सहज हुने किसिमले राहत तथा सहुलियतका कार्यक्रमहरु सञ्चालन गर्न सके मात्र संकटबाट गुजे्रकाहरुको उद्धार हुन्छ ।
    हामीकहाँ जुनसुकै कार्यक्रम सञ्चालन गर्दा पनि सो कार्यक्रम लक्षित समुदायसम्म पुग्न नसक्ने समस्या देखिन्छ । यसले गर्दा लक्षित समूह प्रतिफल लिनबाट बञ्चित हुने र समाजका टाठाबाठाहरुले सो सेवा सुविधाको दुरुपयोग गरेको देखिन्छ । कोरोना संकट व्यवस्थापनमा यस खालको समस्या अन्त्य गर्न आवश्यक छ ।
    मानिसको आधारभूत आवश्यकता भनेको गास, वास, कपास भन्ने हाम्रो पुरानो मान्यता छ । कोरोना संकटले हाम्रो आयआर्जन कमजोर भएका नागरिकको पहिलो आधारभूत आवश्यकतामा नै कुठाराघात गरेको छ । मानिसको आधारभूत आवश्यकतालाई खण्डित गरेको कोरोनाजन्य महामारीपछिको संकट व्यवस्थापनलाई सरकारले नागरिकको समेत सहयोग लिएर अगाडि बढाउन सके यस कार्यमा बढि परिणाममुखी हुने देखिन्छ ।
    ह्ुनतः यस्ता विपद्जन्य समस्या भनेको सरकार मात्र एक्लैले समाधान गर्न सक्ने अवस्था होइन । यस्ता महामारीमा ठूलो संख्यामा नागरिकहरु समस्यामा पर्ने भएकोले सरकारले संकट व्यवस्थापनको लागि नेतृत्वदायी भूमिका खेल्ने हो । सरकारको नेतृत्वदायी भूमिकाले नै अन्तराष्ट्रिय समुदायको मात्र होइन राष्ट्रिय स्तरमा पनि विभिन्न तह र तप्कामा बसेका व्यक्तिहरुको सहयोग हुन सक्दछ ।
    त्यसकारण कोरोना संकटले गरीवीको मारमा धकेलिएका नागरिकको दैनिक जीवनयापनको लागि मुलुकका तीनै तहका सरकारले नतृत्वदायी भूमिका निर्वाह गर्नुपर्दछ । सरकार एक्लैलाई श्रोत साधन जुटाउन समस्या भए नीजि क्षेत्र, आम नागरिकलाई आव्हान गर्न सक्दछ । यसरी जुटेको सहयोग भने एकद्वार प्रणालीबाट समस्यामा परेका मानिसहरुकहाँ पुग्ने व्यवस्था मिलाउनुपर्दछ । विपद्मा नागरिकको दैनिक जनजीवन सहज रुपमा सञ्चालन हुने वातावरण सिर्जना गर्न सरकारको उत्तरदायित्व मात्र होइन कर्तव्य पनि हो । त्यसैले सरकारले यस दिशातर्फ दु्रततर रुपमा काम अगाडि बढाओस् ।
    लेखक : संजय रिजाल, नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष हुनुहुन्छ।

    Advertisement

    मङ्गलबार, भदौ ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार
    लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल
    बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा
    लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु
    धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

    लोकप्रिय

    • १.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार

    • २.
      एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित

    • ३.
      अस्पताल बने, सेवा सुरु भएन

    • ४.
      सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

    • ५.
      बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

    • ६.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा

    भर्खरै

    • १.
      सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

    • २.
      लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

    • ३.
      सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

    • ४.
      स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

    • ५.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

    • ६.
      ७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

    • ७.
      लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

    • ८.
      लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation