• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार ३०, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास

प्रशासकिय भवन बन्यो, प्रयोग भएन

‘संविधानले दिएको महिला अधिकार दलहरूले खोसे’ : सभामुख घर्ति

वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला

तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन असफल

झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन कथा

लुम्बिनी प्रदेश सरकारले छोडिएका गाईको दीर्घकालीन व्यवस्थापन गर्ने

लोकप्रिय समाचार

  • १. प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

  • २. अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

  • ३. प्युठानमा एचआईभी संक्रमितको जीवनस्तर उकास्न कार्यविधि बन्ने

  • ४. सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

  • ५. उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

  • ६. गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

  • ७. गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

  • ८. दाङमा पेस्तोलसहित एक युवक पक्राउ

  • ९. गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

  • १०. थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

अनुदानमा नगद र बाख्रा माउ पाएपछि कृषक भन्छन : ‘थप उर्जा थपियो’


  •   सोमबार, साउन ०४, २०७८ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । लमही नगरपालिका वडा नम्बर ७ फचकपुर निवासी सर्मिला चौधरी बाख्रा पालनमा सफल नाम हो।
    उनको परिवार यही बाख्रा पालनबाटै चलेको छ । बिहान उठेदेखी दानापानी र घाँसपातमै दिनचर्या बिताउछिन उनि । बार्षिक २ देखि ढाई लाख त खसिबोका बेचेर मात्र आम्दानी गरेको चौधरीले बताईन । आर्थिक बर्ष २०७६/७७ को कार्तिक देखि असार सम्म ९ महिनामा मात्र उनले २ लाख भन्दा माथीको खसी बोका बिक्रि गरिन ।

    Advertisement

    उनिसँग अझै ३५ ओटा बाख्रा छन् । महिला कृषकका लागि उदाहरणिय बनेकि सर्मिला चौधरीलाई थप प्रोत्साहनका लागि आईतबार दिपन सामाजिक उद्दमी महिला सहकारी सँस्था लमही-७ ले बाख्रा माउ, घाँसका बिरुवा र नगद अनुदान सहयोग गरेको छ ।

    मेहनतको कदर गरी सँस्था मार्फत बढी खसी बोका बिक्रि बितरण गरेको भन्दै उनलाई अनुदान सहयोग गरिएको हो । सर्मिलालाई सँस्थाले २ ओटा बाख्रा माउ, फलफुल र घाँसका बिरुवा, नगद अनुदान १६ हजार ५ सय १२ रुपैया हस्तान्तरण गरिएको हो ।

    आफुलाई सँस्थाले अनुदान दिएको प्रती सर्मिलाले खुसी ब्यक्त गरिन । खसिबोका बिक्रीबाट आम्दानी पनि भयो झन अनुदान पनि पाईयो सर्मिलाले भनिन् । सर्मिला जस्तै लमही-७ खुटी निवासी रिता गिरीले पनि ७ हजार ६२ रुपैया ५० पैशा नगद अनुदान प्राप्त गरिन । सर्मिला र रिता त एक उदाहरण मात्र हुन ।
    उनिहरु जस्ता ५० जना महिला कृषकहरुलाई दिपन सामाजिक उद्दमी महिला सहकारी सँस्थाले एकसय बाख्रा अनुदानमा बितरण गरेको छ । लमही नगरपालिका वडा नम्बर ७ र ८ अन्तरगतका सँस्थामा आबद्द महिला कृषक हरुलाई १२ लाख ९६ हजार ६ सय रुपैया बराबरको एकसय ओटा बाख्रा बितरण गरिएको हो ।

    बाख्रा प्रबर्द्वन साझेदारी कार्यक्रम अन्तरगत लमही नगरपालिकाको सहयोगमा प्रत्यक कृषकलाई दुई/दुई ओटाका दरले बाख्रा र घाँसका बिरुवा बितरण गरिएको सँस्थाका अध्यक्ष पुनम घर्ती मगरले जानकारी दिईन । बाख्रा ब्यबसायमा आत्मनिर्भर गराउन सँस्थाले ३ लाख ४३ हजार ५ सय बराबरको घाँसका बिरुवा पनि बितरण गरेको छ । बकैनौ, सुपर नेपियर, किम्बु जातका घाँसका बिरुवा सँगै दालचिनी पनि बितरण गरिएको हो ।

    त्यस्तै आफुले उत्पादन गरेका खसिबोका सहकारी मार्फत बिक्रि बितरण गर्ने ६४ जना महिला कृषक हरुलाई २ लाख २५ हजार ५० रुपैया नगद अनुदान हस्तान्तरण गरिएको छ । भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय रुपन्देही मार्फत भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र दाङको सहयोगमा नगद अनुदान सहयोग गरिएको सँस्थाले जानकारी दिएको छ ।

    कार्यक्रमको अनुदान बितरण गर्दै लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बाख्राको पकट क्षेत्र मानिने यस क्षत्रमा बाख्रा पालनबाट आम्दानी तर्फ जोडिन महिला कृषकहरुलाई हौसला प्रदान गरे । अहिले बितरण गरिएको अनुदान ३ तहका सरकारबाट प्राप्त भएको जानकारी दिँदै महिला कृषक हरुलाई आम्दानीसँग जोड्न आगामी दिनमा पनि उल्लेख्य सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरे ।
    सँस्थाकि अध्यक्ष पुनम घर्ती मगरको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख देबका बेलबासे, लमही नगरपालिकाका पशु शाखा प्रमुख शिबराज न्यौपाने लगायतका बक्ताले बोलेका थिए ।

    सँस्थाकि सचिब निर्मला शर्माको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा ब्यबस्थापक हरि नारायण चौधरीले कार्यक्रमबारे जानकारी गराएका थिए भने सञ्चालन लेखा सँयोजक लक्ष्मी चौधरीले गरेकि हुन ।।

    सोमबार, साउन ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 
    लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास
    प्रशासकिय भवन बन्यो, प्रयोग भएन
    लुम्बिनी प्रदेश सरकारले छोडिएका गाईको दीर्घकालीन व्यवस्थापन गर्ने
    लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन
    गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

    लोकप्रिय

    • १.
      प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

    • २.
      अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

    • ३.
      प्युठानमा एचआईभी संक्रमितको जीवनस्तर उकास्न कार्यविधि बन्ने

    • ४.
      सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

    • ५.
      उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित

    • ६.
      गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित

    भर्खरै

    • १.
      दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

    • २.
      गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

    • ३.
      लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास

    • ४.
      प्रशासकिय भवन बन्यो, प्रयोग भएन

    • ५.
      ‘संविधानले दिएको महिला अधिकार दलहरूले खोसे’ : सभामुख घर्ति

    • ६.
      वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला

    • ७.
      तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन असफल

    • ८.
      झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन कथा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...