• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ३. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ४. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ५. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ६. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ७. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ८. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ९. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • १०. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

सिद्धार्थनगरले ल्यायो नीति तथा कार्यक्रम, पर्यटन प्राथमिक्तामा


  •   मङ्गलबार, असार ०८, २०७८ मा प्रकाशित
  • बुटवल – रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले पर्यटनलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । ‘पर्यटन, उद्योग, व्यापार र शिक्षास् हराभरा बुद्धभूमि सिद्धार्थनगरको इच्छा’ भन्ने दीर्घकालीन सोचमा आधारित रहेर नीति तथा कार्यक्रम ल्याइएको हो ।

    Advertisement

    नगरपालिकामा पर्यटनको प्रवद्र्धन तथा विकासका लागी पर्यटन गुरुयोजना तयार गरी सोको कार्यान्वयनबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटनको विकास गरिने नगर प्रमुख हरिप्रसाद अधिकारीले बताउनुभयो ।

    बेलहिया हुंदै नेपाल प्रवेश गर्ने पर्यटकलाई आकर्षित गर्न डण्डा पुलमा बुद्धत्व झल्किने आकर्षक पर्यटकीय प्रवेशद्वार बनाउन शुरु भएको र त्यसलाई आउँदो वर्ष पूरा गर्ने अधिकारीले बताए । पर्यटन क्षेत्रमा रोजगारी सृजनाका लागि स्थानीय युवाहरुलाई टुरिष्ट गाइड तालिम, छोटो तथा मध्यम अवधिको होटल व्यवस्थापन सम्बन्धी तालिम, स्थानीय हस्तकला प्रवर्द्धनका लागि कोशेली घर सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । नगर क्षेत्र भित्रका पर्यटकीय गन्तव्यको पहिचान, सम्वर्द्धन, प्रचार प्रसारका लागि स्थानीय पर्यटन व्यवसायीहरुसँग सहकार्य गर्ने, सार्वजनिक निजी सहकारीको अवधारणा अनुरुप नगर क्षेत्रमा पर्यटन सूचना केन्द्र सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    बाह्रै महिना फूल फूल्ने शहरको रुपमा विकास गर्ने-

    यस्तै बुद्धको आकृति झल्कने गरी नगरपालिकाको नयाँ कार्यालय भवन निर्माण गर्ने र नगरको पहिचान झल्कने गरी मायाको चिनो, उपहार उत्पादन गर्न स्थानीय उद्यमी संस्थालाई प्रोत्साहित गरिने नगर प्रमुख अधिकारीले बताउनुु भयो ।

    नगरलाई सफा र स्वच्छ बनाई पर्यटक आकर्षित गर्न टोल विकास संस्था र आमा समूह तथा सबै नगरबासीहरुको सहभागितामा कार्यक्रम सञ्चालन गर्ने, एक वडा एक उद्यान(पार्क निर्माण कार्यलाई अभियानको रुपमा सञ्चालन गरी हरित शहर को अवधारणा बमोजिम सिद्धार्थनगरलाई बाह्रै महिना फूल फूल्ने शहरको रुपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    वातावरणीय संरक्षण, पार्क निर्माण, जैविक विविधता संरक्षण लगायतका कार्यक्रमलाई निरन्तरता, एक घर दुई बिरुवा रोपण कार्यक्रम तथा ध्वनि प्रदुषण, वायु प्रदूषण, जल प्रदूषण र माटो प्रदूषण नियन्त्रण तथा न्यूनीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    यस्तै कोरोना संक्रमण नियन्त्रण, उपचार र प्रतिकार्यमा जोड र अन्य विपदको व्यवस्थापन, बहुवर्षीय र क्रमागत योजनाहरु, नगरका गौरवका योजनाहरु र अन्य आवश्यक पूर्वाधार निमार्णमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    यस्तै शिक्षा, स्वास्थ्यको क्षेत्रमा समावेशी विकास, कृषि, पशु विकास, सहकारी पर्यटन र उद्योगको विकासमा जोड दिइने नीति तथा कार्यक्रममा समावेश छ । यसैगरी वातावरण संरक्षण, पर्यावरणीय प्रवर्द्धन र फोहोरमैला व्यवस्थापन तथा सुशासन र संस्थागत विकासमा विशेष जोड दिइने जनाएको छ ।

    यस्तै प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन र मेलमिलापकर्ता तयार गर्न आवश्यक तालिमको व्यवस्था गर्ने, नगरपालिकाको मौजुदा संगठन संरचनामा परिमार्जन गरी कर्मचारी दरबन्दी संख्या र तह एकीन गरी सोही बमोजिम कार्य विवरणसहित जिम्मेवारी दिने र शाखा प्रमुखहरुसँग कार्यसम्पादन करार गरी नतिजामुखी कार्यसम्पादनमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

     

    मङ्गलबार, असार ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ४.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ५.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ६.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation