• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, पुष १५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

जसपा नेपाल र लोसपाबीच एकताको सहमति

रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

गुलरियामा कपडा बैंकको शुभारम्भ

दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

लोकप्रिय समाचार

  • १. गुलरियामा कपडा बैंकको शुभारम्भ

  • २. रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

  • ३. संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

  • ४. मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

  • ५. व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

  • ६. दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

  • ७. जसपा नेपाल र लोसपाबीच एकताको सहमति

  • ८. जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

सिद्धार्थनगरले ल्यायो नीति तथा कार्यक्रम, पर्यटन प्राथमिक्तामा


  •   मङ्गलबार, असार ०८, २०७८ मा प्रकाशित
  • बुटवल – रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले पर्यटनलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । ‘पर्यटन, उद्योग, व्यापार र शिक्षास् हराभरा बुद्धभूमि सिद्धार्थनगरको इच्छा’ भन्ने दीर्घकालीन सोचमा आधारित रहेर नीति तथा कार्यक्रम ल्याइएको हो ।

    Advertisement

    नगरपालिकामा पर्यटनको प्रवद्र्धन तथा विकासका लागी पर्यटन गुरुयोजना तयार गरी सोको कार्यान्वयनबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटनको विकास गरिने नगर प्रमुख हरिप्रसाद अधिकारीले बताउनुभयो ।

    बेलहिया हुंदै नेपाल प्रवेश गर्ने पर्यटकलाई आकर्षित गर्न डण्डा पुलमा बुद्धत्व झल्किने आकर्षक पर्यटकीय प्रवेशद्वार बनाउन शुरु भएको र त्यसलाई आउँदो वर्ष पूरा गर्ने अधिकारीले बताए । पर्यटन क्षेत्रमा रोजगारी सृजनाका लागि स्थानीय युवाहरुलाई टुरिष्ट गाइड तालिम, छोटो तथा मध्यम अवधिको होटल व्यवस्थापन सम्बन्धी तालिम, स्थानीय हस्तकला प्रवर्द्धनका लागि कोशेली घर सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । नगर क्षेत्र भित्रका पर्यटकीय गन्तव्यको पहिचान, सम्वर्द्धन, प्रचार प्रसारका लागि स्थानीय पर्यटन व्यवसायीहरुसँग सहकार्य गर्ने, सार्वजनिक निजी सहकारीको अवधारणा अनुरुप नगर क्षेत्रमा पर्यटन सूचना केन्द्र सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    बाह्रै महिना फूल फूल्ने शहरको रुपमा विकास गर्ने-

    यस्तै बुद्धको आकृति झल्कने गरी नगरपालिकाको नयाँ कार्यालय भवन निर्माण गर्ने र नगरको पहिचान झल्कने गरी मायाको चिनो, उपहार उत्पादन गर्न स्थानीय उद्यमी संस्थालाई प्रोत्साहित गरिने नगर प्रमुख अधिकारीले बताउनुु भयो ।

    नगरलाई सफा र स्वच्छ बनाई पर्यटक आकर्षित गर्न टोल विकास संस्था र आमा समूह तथा सबै नगरबासीहरुको सहभागितामा कार्यक्रम सञ्चालन गर्ने, एक वडा एक उद्यान(पार्क निर्माण कार्यलाई अभियानको रुपमा सञ्चालन गरी हरित शहर को अवधारणा बमोजिम सिद्धार्थनगरलाई बाह्रै महिना फूल फूल्ने शहरको रुपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    वातावरणीय संरक्षण, पार्क निर्माण, जैविक विविधता संरक्षण लगायतका कार्यक्रमलाई निरन्तरता, एक घर दुई बिरुवा रोपण कार्यक्रम तथा ध्वनि प्रदुषण, वायु प्रदूषण, जल प्रदूषण र माटो प्रदूषण नियन्त्रण तथा न्यूनीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    यस्तै कोरोना संक्रमण नियन्त्रण, उपचार र प्रतिकार्यमा जोड र अन्य विपदको व्यवस्थापन, बहुवर्षीय र क्रमागत योजनाहरु, नगरका गौरवका योजनाहरु र अन्य आवश्यक पूर्वाधार निमार्णमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    यस्तै शिक्षा, स्वास्थ्यको क्षेत्रमा समावेशी विकास, कृषि, पशु विकास, सहकारी पर्यटन र उद्योगको विकासमा जोड दिइने नीति तथा कार्यक्रममा समावेश छ । यसैगरी वातावरण संरक्षण, पर्यावरणीय प्रवर्द्धन र फोहोरमैला व्यवस्थापन तथा सुशासन र संस्थागत विकासमा विशेष जोड दिइने जनाएको छ ।

    यस्तै प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन र मेलमिलापकर्ता तयार गर्न आवश्यक तालिमको व्यवस्था गर्ने, नगरपालिकाको मौजुदा संगठन संरचनामा परिमार्जन गरी कर्मचारी दरबन्दी संख्या र तह एकीन गरी सोही बमोजिम कार्य विवरणसहित जिम्मेवारी दिने र शाखा प्रमुखहरुसँग कार्यसम्पादन करार गरी नतिजामुखी कार्यसम्पादनमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

     

    मङ्गलबार, असार ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न
    गुलरियामा कपडा बैंकको शुभारम्भ
    दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन
    व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम
    धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र
    राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    लोकप्रिय

    • १.
      गुलरियामा कपडा बैंकको शुभारम्भ

    • २.
      रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी

    • ३.
      संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय

    • ४.
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन

    • ५.
      व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

    • ६.
      दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

    भर्खरै

    • १.
      जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

    • २.
      जसपा नेपाल र लोसपाबीच एकताको सहमति

    • ३.
      रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

    • ४.
      संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

    • ५.
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

    • ६.
      गुलरियामा कपडा बैंकको शुभारम्भ

    • ७.
      दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

    • ८.
      व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation