• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असार २२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

लोकप्रिय समाचार

  • १. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • २. बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

  • ३. प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

  • ४. बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

  • ५. नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

  • ६. गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

  • ७. भारी वर्षाको सम्भावना: राप्ती गाउँपालिकामा दुई दिन विद्यालय बन्द

  • ८. क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

  • ९. मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

  • १०. शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

बाँदरमुढे बम विस्फोट : जो बसको छतमा यात्रुसँग भाडा उठाउँदै थिए …


  •   मङ्गलबार, जेठ २५, २०७८ मा प्रकाशित
  • काठमाडौं ।माडीका रामु क्षेत्री १७ वर्षका मात्रै थिए। घरसँग साटेर ना.१ख ३२४५ नम्बरको बस चलाउँथे। आफ्नो बसमा उनी पैसा उठाउने काम गर्थे। २०६२ जेठ २३ गते बगईबाट हिँडेको बस तीन घण्टापछि बिहान पौने ८ बजे बाँदरमुढे खोलामा आइपुग्यो। त्यहाँ आइपुग्दा १ सय २० जना यात्रु थिए। भित्र खुट्टा टेक्ने ठाउँ नभएपछि यात्रु छतमा पनि थिए।बसधनी क्षेत्री अरू बेला पहिला भित्रका यात्रुसँग भाडा उठाउँथे। बसन्तपुर बजार पुगेपछि मात्रै छतमा भाडा उठाउने चलन थियो। तर, भित्र भीड भएपछि उनी पहिला छतमा रहेका यात्रुसँग पैसा उठाउँदै थिए। त्यही बेला गाडी एक्कासि उड्यो। उनले बसको तल हेरे। झ्यालबाट फुटबलजस्तो उछिट्टिएको देखे। उनलाई भित्रबाट कसैले बल फाले होलान् भन्ने लाग्यो। बस भुइँमा नबजारिँदै उनी छतबाट बालुवामा हाम फाले। त्यसपछि मात्रै उनलाई थाहा भयो कि त्यसरी उछिट्टिएको कुनै बल नभएर बसकै यात्रु थिए।

    Advertisement

    भुइँमा यत्रतत्र छरिएका शव देखेर, रोइकराई गरेको सुनेर उनलाई सपनाजस्तै लाग्यो। ‘मान्छेहरू लथालिंग देखेर सपना हो कि विपनाझै भयो’, उनी भन्छन्, ‘सपनाजस्तो लागेर चारपटक आफूले आफैंलाई चिमोटेपछि पो बम पड्किएको भन्ने भयो।’

    उनी छतमा भएकै कारण बाँचे। छतमा भएका सबै यात्रु बाँच्न सफल भए। दोस्रो बम पनि पड्किन्छ भनेर भागे। बसछेउ एक महिलाको शरीर क्षतविक्षत अवस्थामा थियो। जिउँदै रहेकी ती महिला आफ्नो पेटबाट निस्केका भित्री अंग हेर्दै थिइन्। बसको अघिल्लो भागमा बसेकी हुनाले उनकी १६ वर्षकी छोरी सकुसल थिइन्।

    तत्कालीन विद्रोही पक्ष माओवादीले चितवनको माडीस्थित बाँदरमुढे खोलामा २०६२ जेठ २३ गते बम विस्फोट गरेको ठाउँ देखाउँदै बसका चालक विक्रम महतो र सवारीधनी रामु क्षेत्री। तस्बिर ः अनिल ढकाल

    ‘विस्फोट भएपछि त्यही बहिनी र म मात्रै थियांै। आमालाई काखमा राखेर बचाइदिनुस् भन्दै थिइन्’, उनी त्यस बेलाको घटना स्मरण गर्छन्, ‘पानी–पानी भनेपछि खोलाको पानी लगेर खुवाएँ। त्यत्तिकैमा छोरीको काखमा प्राण गयो।’

    त्यसदिन उनकै बसको पहिलो पालो थियो। बिहान ५ बजे बगईबाट हिँड्ने बेला १०–१२ जनाको संख्यामा नेपाली सैनिक वनकट्टा पोस्टसम्म जान चढेका थिए। त्यसअघि नै माओवादी कार्यकर्ताले सेनालाई बसमा नचढाउन भनेका थिए।

    संकटकालको समयमा सवारीधनीले सेनालाई रोक लगाउन सकेनन्। नचढाउँदा पनि यातायात व्यवसायीले सेनाबाट सजाय भोग्नुपथ्र्यो। ‘माओवादीले पहिल्यै नचढाउनु भनेका भन्थे। नचढाए आर्मीले समात्ने डर थियो’, उनी भन्छन्, ‘हामी दुवै पक्षबाट चेपुवामा थियौं।’ नभन्दै तत्कालीन विद्रोही पक्ष माओवादीले २०६२ जेठ २३ गते माडीको बाँदरमुढे खोलामा बम विस्फोट गराएको थियो। माओवादी कार्यकर्ताले बसमा चढेका सेनालाई लक्ष्य गरी बसका यात्रुलाई विद्युतीय धरापमा पारेका थिए।

    तत्कालीन शाही नेपाली सेनाका जवानसहित ३९ जना मारिए। छतमा बसेका सबै सकुशल भए। भित्र बसेर बाँचेका यात्रु कोही अपांगता अवस्थामा छन्। कतिपय काम गरेर खान नसक्ने अवस्थाका छन्।

    घटना भएको १० दिनसम्म पनि स्थानीयवासी खोलामा जान डराएको उनीहरू बताउँछन्। बसका चालक र साहूको विषयमा अहिलेसम्म कहीँ कुरा भएको सुनिँदैन। उनीहरूले क्षतिपूर्ति र राहत अहिलेसम्म पाएका छैनन्। उनीहरूको नाम पीडितको सूचीमा पनि छैन। अहिलेसम्म कसैले सम्झिएको छैन उनीहरूलाई। अहिले दुवै जना परिवारसँग रमाइरहेका छन्।

    यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

     

    मङ्गलबार, जेठ २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी
    चरन खोज्न लेकमा भेडीगोठाला

    लोकप्रिय

    • १.
      प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

    • २.
      बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन

    • ३.
      प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

    • ४.
      बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव

    • ५.
      नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

    • ६.
      गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

    भर्खरै

    • १.
      बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

    • २.
      नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

    • ३.
      पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

    • ४.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

    • ५.
      गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

    • ६.
      गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

    • ७.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ८.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation