प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाई  षड्यन्त्रपूर्ण छ: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रचण्डका कारण नेकपा एकता प्रयास सफल नभएको भन्ने अभिव्यक्तिलाई झुठ, भ्रामक र षड्यन्त्रपूर्ण बताउनुभएको छ। हिजो साँझ एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले एमाले माधव समुहलाई एकताको आह्वान गर्दै एमाले र माओवादीबीचको एकता अदालतले भंग गरेको नभई प्रचण्डका कारणले भएको अभिव्यक्ति दिनुभएको थियो।

सोही विषयलाई लिएर प्रचण्डले उक्त अभिव्यक्तिको निन्दा र भत्र्सना गर्दै झुठ, भ्रामक र षड्यन्त्रपूर्ण भएको जिकिर गर्नुभएको छ। ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु’, उहाँले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...