खनाल, नेपालसहित ११ जना एमालेबाट निष्कासित

काठमाडौँ । नेकपा एमालेले नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ ।

बालुवाटारमा सोमबार बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो । विपक्षी दल काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न हस्ताक्षर गरेको र पार्टीविरुद्ध गतिविधि गरेकाले कारवाही गरिएको बताइएको छ । यसअिघ ११ जना नेताहरुलाई स्पष्टिकरण माग गरिएको थियो ।

बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई पार्टी सदस्य नै नरहने गरी कारवाही गरेको हो ।

कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...