• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • ४. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ५. बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

  • ६. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ७. भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

  • ८. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ९. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम


  •   शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित
  • नवलपुर। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम भइरहेको छ । कोरोना महामारीका कारण सरकारले जारी गरेको निषेधाज्ञाका बीच पनि सडक विस्तारले तीव्रता पाएको आयोजनाले जनाएको छ ।

    Advertisement

    नारायणगढ–बुटवल सडक विस्तार आयोजना खण्ड १ का सूचना अधिकारी इञ्जिनीयर कृष्ण आचार्यले अहिले सो सडक विस्तारमा ३०० जना मजदूर खटिएको जानकारी दिनुभयो । “निषेधाज्ञा अगाडि दैनिक ५०० मजदुर सडक विस्तारको काममा खटिएका थिए”, आचार्यले भन्नुभयो, “निषेधाज्ञामा दैनिक ३०० मजदुर काममा छन् ।” निषेधाज्ञाका बेला घर गएका मजदुर काममा फर्किन नपाउँदा मजदुरको सङ्ख्या केही घटेको आचार्यले बताउनुभयो ।

    सडक विस्तारका क्रममा अहिले पुल निर्माण, रुख कटान, ढल निर्माण तथा सडक किनारमा माटो भर्ने काम भइरहेको छ । “यस सडकखण्डमा १२ ठूला पक्की पुल तथा २२ साना पक्की पुल बन्दैछन्”, आचार्यले भन्नुभयो, “साना पुल निर्माणका लागि सडक डाइभर्सनदेखि ठूला पुल निर्माणका लागि फाउण्डेशन तयार पार्ने काम भइरहेको छ ।” यस सडकखण्डमा पर्ने १२ वटा फलामका पुल हटाएर ठूला पक्की पुल निर्माण गर्न लागिएको हो । गैँडाकोटको जयश्रीखोला, झराहीखोला, देवचुलीको लोकाहा र कावासोतीको पत्थरखोलामा ठूला पुल निर्माणका लागि पुलको जग बस्ने ठाउँमा पाइप गाड्ने काम भएको छ । त्यस्तै गैँडाकोटको थुम्सीबाट अमरापुरीसम्म आठवटा साना पुल निर्माणको काम भइरहेको छ । “सानामध्ये दुईवटा पुलको निर्माण अन्तिम चरणमा पुगेका छन्, दुईवटाको स्ल्याप ढलान भइसकेको छ विङवाल निर्माणपछि ती पुलमा सवारी साधन सञ्चालन गर्न सकिन्छ”, आचार्यले भन्नुभयो, “अन्य पुलमा पनि जग खन्ने र पिलर निर्माणको काम भइरहेको छ ।”

    आयोजनाअन्तर्गत गैँडाकोटबाट अरुणखोलासम्मका रुखहरुको कटान लगभग पूरा भएको आचार्यले बताउनुभयो। “गैँडाकोटबाट अरुणखोलासम्म बिजुलीको पोल भएको स्थानमा बाहेक दुवैतर्फको रुख कटान सकिएको छ”, इञ्जिनीयर आचार्यले भन्नुभयो, “अरुणखोलाबाट दुम्किबाससम्मका रुख भने कटानको काम भइरहेको छ ।” रुख कटान भएको स्थानमा माटो भर्ने कामसमेत अगाडि बढिरहेको आचार्यले बताउनुभयो । रुख कटान सकिएको स्थानमा माटो भर्ने तथा ढल निर्माण गर्ने काम तीव्ररूरुपमा अगाडि बढाइएको छ । “केही स्थानमा टिकास ड्रेन निर्माण हुँदैछ, जुन ड्रेन बाहिर बनाएर ल्याएर राखिन्छ । त्यो बनाउने काम पनि यार्डभित्र भइरहेको छ”, आचार्यले भन्नुभयो, “टिकास ड्रेन राख्दा बलियो र काममा छिटोछरितो हुने भएकाले यो प्रयोग गर्न शुरु गरेका हौँ ।” स्थानीय प्रशासनको सहयोगमा निर्माण सामग्री लिएर आउनेदेखि निर्माणको काम अगाडि बढिरहेको छ ।

    सडक विस्तारको काम छ प्रतिशत सम्पन्न भएको छ । “काममा पैसा खर्च भएको हिसाबले प्रगति प्रतिशत निकाल्ने गरिन्छ, अहिलेसम्म रुख काट्ने र माटो भर्ने काम भएकाले भौतिक प्रगति थोरै देखिएको हो”, आचार्यले भन्नुभयो, “यी काम सकिएर अरु काम शुरु भएपछि भौतिक प्रगति बढ्छ, काम धेरै नै भइसकेको छ ।”पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटबलको ११४ किलोमिटर खण्ड तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण सम्झौता भएर विसं २०७५ चैत ८ देखि निर्माण शुरु भएको थियो । एशियाली विकास बैंक ‘एडिबी’को ऋण सहयोगमा विस्तार शुरु गरिएको नारायणगढ–बुटवल सडक आयोजनाको ठेक्का चाइना स्टेट कन्स्ट्रक्शन इञ्जिनीयरिङ कर्पोरेशनले रु १६ अर्ब ९९ करोड ५२ लाखमा पाएको हो । ११४ किमी सडकखण्डको काम गैँडाकोट–दाउन्ने ‘६५ किमी’ र दाउन्ने–बुटवल ‘४९ किमी’ दुई खण्डमा विभाजन गरेर भइरहेको छ ।

    अहिले दुई लेन रहेको नारायणगढ–बुटवल सडकखण्डलाई चार लेनको बनाउन लागिएको हो । दुई–दुई लेनको बीचमा ‘ग्रिनरी’सहितको सडक निर्माण हुनेछ । तीन मिटरको बीच भागमा बिरुवा लगाइनेछ । हाल रहेको दुई लेनको सडक विस्तारपछि दुईतर्फ सात÷सात मिटरको हुनेछ । बजार क्षेत्रमा छ मिटरको ‘सर्भिस लेन’ समेत निर्माण गरिनेछ । सार्वजनिक सवारी साधनले यात्रु चढाउन र ओराल्न सर्भिस लेन बनाइने आयोजनाले जनाएको छ । दाउन्ने क्षेत्रमा भने तीन लेनको सडक निर्माण गरिनेछ । उकालोतर्फ चढ्ने सवारी साधनले प्रयोग गर्नेगरी दुई लेन र ओरालोमा झर्ने सवारीसाधनले एक लेन प्रयोग गर्ने गरी तीन लेनको सडक निर्माण गरिने आयोजनाले जनाएको छ ।

    शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ४.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    भर्खरै

    • १.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • २.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ५.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ७.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ८.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation