• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, फागुन ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेले जारी गर्यो अध्यक्ष ओलीलाई मत दिनै पर्ने ३० कारण

प्रचण्ड शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठक स्थल चुनबाङमा

संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड

दाङमा सिकलसेल परीक्षण सुरु, ९ सयको जाँच

कार्यसम्पादन मूल्यांकनमा रेसुङ्गा नगरपालिका लुम्बिनी प्रदेशमै पहिलो

गुल्मीमा नमूना मतदान र सम्भावित जोखिमको नमूना अभ्यास

जेनजी आन्दोलनपछि रोकियो झापामा धनीपुर्जा वितरणको काम

प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका रूपमा विस्तार हुँदै

निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल गुल्मीमा

लोकप्रिय समाचार

  • १. गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

  • २. हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग

  • ३. प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका रूपमा विस्तार हुँदै

  • ४. कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

  • ५. आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

  • ६. निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल गुल्मीमा

  • ७. जेनजी आन्दोलनपछि रोकियो झापामा धनीपुर्जा वितरणको काम

  • ८. रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

  • ९. प्रचण्ड शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठक स्थल चुनबाङमा

  • १०. गुल्मीमा नमूना मतदान र सम्भावित जोखिमको नमूना अभ्यास

मुख्यमन्त्री पोखरेलले खोले लुम्विनी प्रदेशको यथार्थ


  •   सोमबार, बैशाख २०, २०७८ मा प्रकाशित
  • काठमाडौं  । लम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनीमा एमाले प्रदेश सभा दल बहुमत प्राप्त दलको अवस्थामा रहेका बखत मुख्यमन्त्रीमा दावी गरिएको जनाएका छन् ।

    Advertisement

    पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘दलको बैठकले सर्वसम्मत रुपमा मुख्यमन्त्रीमा दावी गर्ने निर्णय गरेको हो । नियुक्ति पनि त्यसै आधारमा भएको हो ।’ ‘नियुक्तिपछिको विवादको निरुपण प्रकृया अनुरुप नै हुनेछ’, पोखरेलले भनेका छन् ।

    ‘विमलाकुमारी खत्री फागुन २३ को फैसलापछि एमालेको प्रदेशसभा दलमा सहभागी हुँदै आउनु भएको हो । उक्त विवरण त्यतिवेला नै प्रदेशसभामा दर्ता भइसकेको छ’, उनले भने, ‘अहिले आएर माओवादी केन्द्र रोजेको प्रचार गर्नु कानुन विपरित कार्य हो । यस प्रकृयामा प्रदेशसभा सचिवालयको जालसाजीपूर्ण सहभागिता देखिनु झनै दुःखद् छ ।’

    उनले भने, ‘चर्चामा ल्याइएका अन्य सांसदहरू समेत दलको बैठकमा उपस्थित रहेर सरकारमा दावी गर्ने निर्णयमा सहमति जनाउनु भएको हो ।’

    ‘सूर्य चिन्हबाट चुनाव लडेका उहाँहरूको समर्थन कानूनी रुपमा समेत अन्य दललाई हुन सक्दैन । यस्तो कुरा संविधान निर्माणमा नेतृत्व गर्ने शेरवहादुरजी, पुष्पकमल दाहालजी र उपेन्द्र यादवजीलाई नहुनु आश्चर्यको कुरा हो ।’

    ‘अविश्वास प्रस्ताव दर्तापछि जनता समाजवादीका चार जना सदस्यहरूलाई अल्पमत रहेका दलका सदस्यको सिफारिसका आधारमा कार्वाहीको षडयन्त्रपूर्ण नाटक मञ्चनपछि एमाले बहुमत प्राप्त दल बनेको हो’, उनले भने, ‘बहुमत प्राप्त दललाई सरकार संचालनको सम्वैधानिक दायित्व रहन्छ ।’

    पोखरेलले भने, ‘जनता समाजवादीका चार जना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको कुरा अस्वीकार गरिसक्नु भएको छ । पुरानो र अर्कै सन्दर्भमा गरिएको हस्ताक्षर प्रयोग गरिएको दावी उहाँहरूको छ ।’

    ‘संविधानले एउटा चुनाव चिन्ह लिएर चुनाव जिल्नेहरूलाई अर्को दल परिवर्तको अधिकार दिएको छैन’, पोखरेलले भने, ‘चुनाव चिन्ह सूर्य लिएकाहरू हाम्रा पक्षमा भनेर देखाउने र त्यसका पक्षमा राष्ट्रिय पार्टीका नेताले वक्तव्य जारी गर्ने कुरा लज्जास्पद विषय हो ।’

    ‘जनता समाजवादीका बहुमत सदस्यले कार्वाहीका विरुद्धमा सर्वोच्चमा रिट दायर गर्नु भएको छ । सो रिटको पक्षमा फैसला हुनासाथ लुम्बिनी सरकार सुदृढ पोजिशनमा हुनेछ’, उनले भनेका छन् । ‘नियुक्तिपछिको सपथ रोक्न प्रदेश प्रमुखको कार्यालयमा भएको अनुचित धर्ना सोही मनस्थितीको उपज हो’, पोखरेलले भनेका छन् ।

    ‘सूर्यचिन्ह लिएर उम्मेदवार भइ सांसद भएकाहरूलाई अर्को दलले आफ्नो पक्षको भनेर दावी गर्ने कुरा संविधान विरोधी र अराजनीतिक कुरा हो’, उनले भने, ‘यस प्रकरणमा के कस्ता हत्थकण्डा प्रयोग भए समयक्रममा खुल्दै जानेछन् ।’

    ‘बहुमत प्राप्त दललाई सरकार गठन गर्ने अधिकार सदैव रहन्छ र रहीरहनेछ’, उनले भने, ‘संवैधानिक रुपमा उत्पन्न विवादको निरुपण भएर वहुमत गुमेको अवस्थामा सरकारमा रही रहने कुरा सम्भव छैन । तर अहिलेको अवस्था त्यो होइन ।’

    ‘जुन साथीहरूले अराजनीतिक हर्ष ट्रेडिङको खेल खेलिरहनुभएको छ उहाँहरूले लुम्बिनी सरकारविरुद्ध प्रपोगण्डा सञ्चालन गर्नु स्वभाविक हो’, पोखरेलले भनेका छन् ।

    ‘जहाँसम्म प्रदेश सरकारको कामको कुरा छ सात प्रदेशमा लुम्बिनी प्रदेश अगाडि नै छ र आगामी दिनमा पनि रहनेछ’, उनले भने । ‘विभिन्न माध्यमबाट चासो, चिन्ता र सरोकार राख्नु हुने तथा शुभेच्छा प्रकट गर्नुहुने सबैलाई धन्यवाद’, पोखरेलले भनेका छन् ।

    माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजावादी पार्टी, राष्ट्रिय जनमोर्चाले अल्पमतमा रहेर पोखरेलले बलजफ्ती मुख्यमन्त्री पदको सपथ लिएको भनेर आरोप लगाएका बेला पोखरेलको यो अभिव्यक्ति आएको छ ।

    विपक्षी दलहरूले पोखरेलले अविश्वासको प्रस्ताव छल्न राजीनामा दिएर रातारात मुख्यमन्त्रीको सपथ लिएको आरोप लगाएका छन् । सपथ रोक्ने क्रममा झडप समेत भएको थियो ।

    मुख्यमन्त्री पोख्रेलको फेसबुक स्टयाटस । लुम्विनी प्रदेशको यथार्थ
    लुम्विनीमा नेकपा(एमाले) प्रदेश सभा दल वहुमत प्राप्त दलको अवस्थामा रहेका वखत मुख्यमन्त्रीमा दावी गरिएको हो । दलको वैठकले सर्वसम्मत रुपमा मुख्यमन्त्रीमा दावी गर्ने निर्णय गरेको हो । नियुक्ति पनि त्यसै आधारमा भएको हो । नियुक्ति पछिको विवादको निरुपण प्रकृया अनुरुप नै हुनेछ ।
    विमला कुमारी खत्री फाल्गुन २३ को फैसला पछि एमालेको प्रदेशसभा दलमा सहभागी हुदै आउनु भएको हो । उक्त विवरण त्यतिवेला नै प्रदेशसभामा दर्ता भइसकेको छ । अहिले आएर माओवादी केन्द्र रोजेको प्रचार गर्नु कानुन विपरित कार्य हो । यस प्रकृयामा प्रदेशसभा सचिवालयको जालसाजीपूर्ण सहभागिता देखिनु झनै दुःखद छ।
    चर्चामा ल्याइएका अन्य सांसदहरु समेत दलको वैठकमा उपस्थित रहेर सरकारमा दावी गर्ने निर्णयमा सहमती जनाउनु भएको हो । सूर्य चिन्हवाट चुनाव लडेका उहाँहरुको समर्थन कानुनी रुपमा समेत अन्यदललाई हुन सक्तैन । यस्तो कुरा संविधान निर्माणमा नेतृत्व गर्ने शेरवहादुरजी, पुष्पकमल दाहालजी र उपेन्द्र यादवजीलाई नहुनु आश्चर्यको कुरा हो ।
    अविश्वास प्रस्ताव दर्ता पछि जनता समाजवादीका चारजना सदस्यहरुलाई अल्पमतरहेका दलका सदस्यको सिफारिसका आधारमा कार्वाहीको षडयन्त्रपूर्ण नाटक मंचनपछि नेकपा(एमाले) वहुमत प्राप्त दल बनेको हो । वहुमत प्राप्त दललाई सरकार संचालनको सम्वैधानिक दायित्व रहन्छ ।
    जनता समाजवादीका चारजना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको कुरा अस्विकार गरिसक्नु भएको छ । पुरानो र अर्कै सन्दर्भमा गरिएको हस्ताक्षर प्रयोग गरिएको दावी उहाँहरुको छ ।
    संविधानले एउटा चुनाव चिन्ह लिएर चुनाव जिल्नेहरुलाई अर्को दल परिवर्तको अधिकार दिएको छैन । चुनाव चिन्ह सूर्य लिएकाहरु हाम्रा पक्षमा भनेर देखाउने र त्यसका पक्षमा राष्ट्रिय पार्टीका नेताले वक्तव्य जारीगर्ने कुरा लज्जास्पद विषय हो ।
    जनता समाजवादीका वहुमत सदस्यले कार्वाहीका विरुद्धमा सर्वोच्चमा रिट दायर गर्नु भएको छ । सो रिटको पक्षमा फैसला हुनासाथ लुम्विनी सरकार सुदृढ पोजिसनमा हुनेछ । नियुक्ति पछिको सपथ रोक्न प्रदेश प्रमुखको कार्यालयमा भएको अनुचित धर्ना सोही मनस्थितीको उपज हो ।
    सूर्यचिन्ह लिएर उमेद्वार भइ सांसद भएकाहरुलाई अर्को दलले आफ्नो पक्षको भनेर दावी गर्नेकुरा संविधान विरोधी र अराजनीतिक कुरा हो ।यसप्रकरणमा के कस्ता हथकण्डा प्रयोग भए समयक्रममा खुल्दै जानेछन् ।
    वहुमत प्राप्त दललाई सरकार गठन गर्ने अधिकार सदैव रहन्छ र रहीरहने छ । संवैधानिक रुपमा उत्पन्न विवादको निरुपण भएर वहुमत गुमेको अवस्थामा सरकारमा रही रहने कुरा सम्भव छैन । तर अहिलेको अवस्था त्यो होइन ।
    जुन साथीहरुले अराजनीतिक हर्ष ट्रेडिङको खेल खेलिरहनु भएको छ उहाँहरुले लुम्विनी सरकार विरुद्ध प्रपोगण्डा संचालन गर्नु स्वभाविक हो ।
    जहासम्म प्रदेश सरकारको कामको कुरा छ सात प्रदेशमा लुम्विनी प्रदेश अगाडी नै छ र आगामी दिनमा पनि रहने छ ।
    विभिन्न माध्यमवाट चासो,चिन्ता र सरोकार राख्नुहुने तथा शुभेच्छा प्रकट गर्नुहुने सबैलाई धन्यवाद ।

    सोमबार, बैशाख २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेले जारी गर्यो अध्यक्ष ओलीलाई मत दिनै पर्ने ३० कारण
    प्रचण्ड शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठक स्थल चुनबाङमा
    संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड
    कार्यसम्पादन मूल्यांकनमा रेसुङ्गा नगरपालिका लुम्बिनी प्रदेशमै पहिलो
    प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका रूपमा विस्तार हुँदै
    आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

    लोकप्रिय

    • १.
      गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

    • २.
      हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको

    • ३.
      प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका

    • ४.
      कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

    • ५.
      आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता

    • ६.
      निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल

    भर्खरै

    • १.
      एमालेले जारी गर्यो अध्यक्ष ओलीलाई मत दिनै पर्ने ३० कारण

    • २.
      प्रचण्ड शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठक स्थल चुनबाङमा

    • ३.
      संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड

    • ४.
      दाङमा सिकलसेल परीक्षण सुरु, ९ सयको जाँच

    • ५.
      कार्यसम्पादन मूल्यांकनमा रेसुङ्गा नगरपालिका लुम्बिनी प्रदेशमै पहिलो

    • ६.
      गुल्मीमा नमूना मतदान र सम्भावित जोखिमको नमूना अभ्यास

    • ७.
      जेनजी आन्दोलनपछि रोकियो झापामा धनीपुर्जा वितरणको काम

    • ८.
      प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका रूपमा विस्तार हुँदै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation