प्युठान । विवेकशील साझा पार्टी प्युठानको संयोजकमा नारायण पौडेल चयन भएका छन्। विवेकशील साझाको आज माण्डबी गाउँपालिकाको जस्पुरमा आयोजित एक कार्यक्रमकाबीच पौडेल संयोजक रहेको १७ सदस्सिय जिल्ला कार्यसमिती घोषणा भएको हो।
युवाहरुका बिच लोकप्रीय रहेका पौडेलले आफ्नो क्षमता र योगदानलाई कदर गर्दै पार्टीले आफूलाई महत्वपूर्ण जिम्मेवारी दिएको बताएका छन्। कामना डेलिसंग कुरा गर्दै उनले यो देश बनाउने जिम्मेवारी युवाको काँधमा आएको भन्दै अब युवाले देशको नेतृत्व गर्नुपर्ने बेला आएको बताएका छन् ।
विवेकशील साझालेमात्र युवाको आवाज समेट्न सक्ने भन्दै यो पार्टी नै अबको निर्विकल्पको रुपमा अगाडि आउने संयोजक पौडेलले ठोकुवा गरे ।
उनले आफूले निष्ठाको राजनीति गर्ने भन्दै सहयोगकालागि आग्रह गरे।