काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ५ मा अवस्थित ‘आँधिमूल’ मन्दिर पर्यटकीय गन्तव्य बन्दै गएको छ ।
Advertisement
गाउँपालिकाले मन्दिर आसपासमा विकास निर्माणको कार्य थालेपछि यस क्षेत्र अहिले पर्यटकको आकर्षणको केन्द्र बनेको हो । आँधिमूल मन्दिरको दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ । आँधिमूल रमणीयस्थल भएकोले पूजा–अर्चनाका साथै वनभोजका लागि मानिसहरु टाढा–टाढादेखि आउने गरेका छन् ।
आँधिमूल मन्दिर क्षेत्रको विकासका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा घेराबार योजना अन्तर्गत १५ लाख रुपैयाँ विनियोजन गरेको थियो । मन्दिरसम्मको पहुँचलाई सहज बनाउन गाउँपालिकाले बजेट विनियोजन गरेको छ ।