• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, माघ ०८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

प्युठानमा १४ जनाको मनोनयन दर्ता

प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

लोकप्रिय समाचार

  • १. जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

  • २. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

  • ३. रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

  • ४. सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

  • ५. प्युठानमा १४ जनाको मनोनयन दर्ता

  • ६. एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

  • ७. ‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त

  • ८. ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

  • ९. अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

  • १०. घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

विद्युत् आपूर्तिमा बदमासी भेटिए कारबाहीको चेतावनी


  •   मङ्गलबार, पुष २८, २०७७ मा प्रकाशित
  • काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहरी क्षेत्रमा विद्युत् आपूर्ति आकस्मिक बन्द हुने (ट्रिपिङ) समस्या बढिरहँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसहित विभिन्न नेतृत्वमा रहेका उच्च टिमलाई बोलाएर समस्याबारे विस्तृत जानकारी लिएको छ ।

    Advertisement

    प्रधानमन्त्री कार्यालयले विद्युत् आपूर्तिमा नियतवश समस्या सिर्जना भएको र बदमासी गरिएको पाइए कडा कारबाही हुने चेतावनीसमेत दिएको छ । साथै प्रधानमन्त्री कार्यालयले उपभोक्तालाई सही र तथ्यपूर्ण सूचना दिँदै बिजुली प्रवाहलाई थप व्यवस्थित बनाउनसमेत प्राधिकरणलाई निर्देशन दिएको छ ।

    प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलिया, प्रधानमन्त्री कार्यालयका सचिव तोयनारायण ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलगायतले प्राधिकरण नेतृत्वलाई ट्रिपिङको समस्या छिटोभन्दा छिटो हटाउन तत्कालै आवश्यक पहल गर्न निर्देशन दिएका थिए ।

    पछिल्ला दिनमा अकारण बिजुली काटिएको गुनासो बढेपछि प्रधानमन्त्री कार्यालयले उपभोक्तालाई केन्द्रमा राखेर अपनाउनुपर्ने सबै उपाय अवलम्बन गर्न तथा जायज गुनासो र माग सम्बोधन गर्न निर्देशन दिएको छ ।

    प्रधानमन्त्रीका विकासविज्ञ थपलियाले प्राविधिक वा मनोवैज्ञानिक रूपमा देखापरेका समस्याको जाँचपड्ताल गर्न आग्रह गर्दै कार्यालयले कुनै पनि बहानामा उपभोक्ताले समस्या भोग्नु नपर्ने वातावरण बनाउनुपर्ने बताए । यस्तै प्रधानमन्त्री कार्यालयका सचिव ज्ञवालीले पनि नागरिकको हितलाई केन्द्रबिन्दुमा राखेर विद्युत् आपूर्तिको समस्या समाधान नभए आवश्यक कारबाही हुने बताए ।

    प्राधिकरणले उपभोक्तालाई गुणस्तरीय, भरपर्दो एवं पर्याप्त विद्युत् उपलब्ध गराउन हरसम्भव प्रयास गरिरहेको दाबी गरे पनि छिनछिनमा लाइन काटिने समस्या पूर्ण रूपमा समाधान हुन नसक्दा गुनासो बढेको छ । प्राधिकरणले विद्युत्भार कटौती इतिहास भएको र पुनः नदोहारिने बताइरहँदा पनि उपभोक्ताले त्यसलाई अनुभूति गर्न सकेका छैनन् । उपभोक्ताले विद्युत् गइरहने चर्को समस्या भोग्नुपरिरहेको छ ।

    प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र प्राधिकरणको काठमाडौं उपत्यकाका १० वितरण केन्द्रका प्रमुखको उपस्थिति थियो । मौसममा आउने खराबी तथा प्राविधिक कारणले पनि विद्युत् आपूर्ति अनियमित हुने प्राधिकरणका पदाधिकारीको भनाइ छ ।

    प्राधिकरणले प्रणाली सुधार तथा स्मार्ट मिटर र वितरण लाइनलाई भूमिगत गर्ने कामलाई योजनाबद्ध रूपमा अगाडि बढाएको छ । ती काम पूर्ण रूपमा सम्पन्न भएपछि नियमित र गुणस्तरीय आपूर्ति हुने प्राधिकरणले स्पष्ट पारेको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।

    मङ्गलबार, पुष २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      जनताको अधिकारका लागि संघर्ष जारी छ :

    • २.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन

    • ३.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ४.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना

    • ५.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • ६.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन

    भर्खरै

    • १.
      ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

    • २.
      प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

    • ३.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • ४.
      प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

    • ५.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

    • ६.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

    • ७.
      नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

    • ८.
      घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation