काठमाडौं । नेकपाको पुुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इन्चार्जको जिम्मेवारीबाट हटाएको छ ।
Advertisement
सोमबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले लुम्बिनी प्रदेश इन्चार्ज पोखरेल र गण्डकी प्रदेश इन्चार्ज गुरुङलाई जिम्मेवारीबाट हटाएको हो ।
बैठकले लुम्बिनी प्रदेशमा युवराज ज्ञवाली र गण्डकी प्रदेशमा देवेन्द्र पौडेललाई इन्चार्ज तोकेको छ । बैठक माधव नेपालको अध्यक्षतामा बसेको थियो ।प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने यो समूहकै नेता इन्चार्ज छन् । ओली पक्षले पनि प्रचण्ड– माधव समूहमा रहेका इन्चार्जहरुलाई हटाएर नयाँलाई जिम्मेवारी दिइसकेको छ ।