बादलले भने: नेकपाको एउटा गुट अलग भयो

काठमाडौं । गृहमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता नेता रामबहादुर थापा ‘बादल’ले नेकपाबाट एउटा गुट बाहिरिएको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहीबार बसेको नेकपा केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै थापाले प्रचण्ड–माधव पक्षलाई एउटा गुटको संज्ञा दिँदै सो गुट अलग भएको टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्रीले ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै तटस्थ बसेका बादल पार्टी संस्थापन पक्षमै फर्किएपछि आज उक्त बैठकलाई सम्बोधन गरेका हुन् ।असारधारण अवस्थामा नेतृत्वले असाधारण निर्णय लिनुपर्ने भएकाले ओलीको नेतृत्वलाई सघाउन उनले आह्वान गरे ।

उनले आगामी निर्वाचनमा नेकपाले दुई तिहाई बहुमत ल्याउने दाबी समेत गरेका छन् ।

Sharing Now!

You might also like

Comments are closed.