प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।

बबरमहलस्थित कार्की ब्याङ्केटमा स्थायी कमिटीको बैठक सकिएलगत्तै केन्द्रीय कमिटीको बैठक सुरु भएको हो । स्थायी कमिटीको बैठकले माधवकुमार नेपाललाई पनि पार्टी अध्यक्ष बनाउने प्रस्ताव गरेको छ ।

बैठकमा ओलीमाथि अनुशासनको कारबाही गर्ने प्रस्ताव पेश भएको हो । आजको बैठकको एजेण्डामा अनुशासनको कारबाहीपछिको नेतृत्व चयन पनि समावेश भएको छ । पार्टीका अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरुले पार्टीको आन्तरिक समस्याका बारेमा बैठकलाई जानकारी गराउने कार्यसूची छ ।

बैठकमा कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्यमा मनोनीत गर्ने प्रस्ताव पनि पेश भएको छ ।

Sharing Now!

You might also like

Comments are closed.