अनिल खत्री, गुल्मी । गुल्मीका ९ स्थानीय तहमा १५ शैयाको अस्पताल भवन शिलन्यास भएको छ। जिल्लाका १२ वटा स्थानीय तहमध्ये सोमबार ९ स्थानीय तहमा १५ शैयाको अस्पताल भवन शिलन्यास भएको हो ।
जिल्लाका स्थनीय तहहरुमध्ये रेसुङ्गा नगरपालिकामा अस्पताल भनव रहेकाले अरु बाँकी ११ स्थानीय तहमा नयाँ अस्पताल भवन बन्न लागेका हुन् । जस अनुसार सोमबार जिल्ला मालिका गाउँपालिकामा र चन्द्रकोट गाउँपालिकामा अस्पताल भवन शिलन्यास भएको छैन् ।
मालिका गाउँपालिकामा मंसिर १७ गते भवनको शिलान्या गरिने कार्यक्रम रहेको गाउँपालिका प्रवक्ता शोभाखर गिरीले बताए । चन्द्रकोट गाउँपालिकामा भवन निर्माणको लागि जग्गा उपलब्ध नभएकाले तत्काल गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष दोर्णखत्रीले बताए ।
केहि दिनमै जग्गाको टुङ्गो लगाएर भवननिर्माण कार्य अगाडी बढने अध्यक्ष खत्रीले बताए । सोमबार जिल्लाको मदाने गाउँपालि, धुर्कोट गाउँपालिका, इस्मा गाउँपालिका र मुसिकोट नगरपालिकामा पूर्वमन्त्री एबम् गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण बिष्टले भवन शिलन्यास गर्नु भएको छ । त्यस्तै कालिगण्डकी गाउँपालिकामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीद्धारा अस्पताल भवन शिलन्यास भएको छ ।
त्यस्तै सत्यवत्ति गाउँपालिका र रुरु क्षेत्र गाउँपालिकामा लुम्बिनी प्रदेशका सामाजिक बिकास मनत्री सुर्दशन बरालद्धारा अस्पताल भवन शिलन्यास भएको छ । जिल्लाको गुलमी दरवार गाउापालिका र छत्रकोट गाउँपालिकामा लुम्बिनी प्रदेशका बिशेष अधिकार समितिका सभापति कमलराज श्रेष्ठद्धारा १५ शैयाको अस्पताल भवन शिलन्यास भएको छ ।
२ वर्ष भित्र सम्पन्न गर्ने अस्पताल भवनको लागत १८ करोड रहेको छ ।