• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, पुष २१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

तेम्बा तामाङ : भाँडा माझ्ने हातदेखि मास्टर सेफसम्म

गुल्मीको धागिथुममा स्वस्थानी माताको मन्दिरमा एक महिने पूजा सुरु

कोहलपुरमा बद्री ढकालको ‘मुकुर’ विमोचन

सिमीचौर साना किसान कृषि सहकारीको सातौँ वार्षिक साधारणसभा सम्पन्न

इस्मा १ हर्पुकोटमा महिलाहरुलाई अचार बनाउने तालिम

राष्ट्र निर्माण दल नेपालको घोषणा सभा सम्पन्न, गोलो घेराभित्र पानीको बोतल चुनाव चिन्ह

तम्घास बजारमा स्वच्छ मासु तथा दूध बिक्री सुनिश्चित गर्न अनुगमन

मुसहर बस्तीबाट डाक्टरको यात्रामा पवनदेव

गुल्मीमा क्रिकेट खेलमार्फत अनलाइन विद्युत महसुल भुक्तानीको सन्देश

लोकप्रिय समाचार

  • १. गुल्मीमा क्रिकेट खेलमार्फत अनलाइन विद्युत महसुल भुक्तानीको सन्देश

  • २. चिसो बढेपछि राप्तीका विद्यालय तीन दिन बन्द

  • ३. क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग

  • ४. सिमीचौर साना किसान कृषि सहकारीको सातौँ वार्षिक साधारणसभा सम्पन्न

  • ५. राष्ट्र निर्माण दल नेपालको घोषणा सभा सम्पन्न, गोलो घेराभित्र पानीको बोतल चुनाव चिन्ह

  • ६. इस्मा १ हर्पुकोटमा महिलाहरुलाई अचार बनाउने तालिम

  • ७. कोहलपुरमा बद्री ढकालको ‘मुकुर’ विमोचन

  • ८. तम्घास बजारमा स्वच्छ मासु तथा दूध बिक्री सुनिश्चित गर्न अनुगमन

  • ९. मुसहर बस्तीबाट डाक्टरको यात्रामा पवनदेव

  • १०. तेम्बा तामाङ : भाँडा माझ्ने हातदेखि मास्टर सेफसम्म

प्रदेशको साझा मनोविज्ञान तयार पार्न दसैँले भूमिका खेलोस्-मुख्यमन्त्री पोखरेल 


  •   सोमबार, कार्तिक १०, २०७७ मा प्रकाशित
  • दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दसैँले प्रदेशको साझा मनोविज्ञान तयार पार्नेमा विश्वास व्यक्त गर्नुभएको छ । बडादसैँको शुभकामना सन्देश व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ, ‘केही साता अघि प्रदेशको नाम र राजधानी टुंगो लगाउँदै सिंगो प्रदेशले अपनत्व गर्ने वातावरण बनाउन सफल भएका छौं । प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका हुँदा प्रदेशको साझा मनोविज्ञान तयार भएको छ । दसैँले प्रदेशको साझा मनोविज्ञान तयार पार्न भूमिका खेलोस् । नेपालीहरुको ठूलो चाड बडादसैँको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य,दीर्घायु एंव उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’

    Advertisement

    दसैँ नेपालीहरुको मौलिक पर्व र पारिवारिक मेलमिलाप, भातृत्व र स्नेहको पर्व भएको भन्दै मुख्यमन्त्री पोखरेलको शुभकामना सन्देशमा नेपाली समाजमा सांस्कृतिक पर्वहरुले सद्भाव, भातृत्व र मेलमिलाप बढाउन भूमिका खेल्दै आएको बताइएको छ । ‘नेपालीहरुको सबैभन्दा ठूलो चाड भएकाले दसैँले सद्भाव, मेलमिलाप र भातृत्व व्यापक बनाउन झनै महत्वपूर्ण भूमिका खेल्दै आएको छ । व्यक्ति, परिवार र समाजलाई एकताको मालामा जोड्ने दसैँ पर्वको मौलिकता जोगाउन सक्नुपर्छ । पर्व विशेषको मौलिक संस्कृति हस्तान्तरण नयाँ पुस्ताका लागि महत्वपूर्ण उपहार हुनसक्छ’, शुभकामना सन्देशमा भनिएको छ, ‘मौलिक पक्षलाई ख्याल गरेर पर्वलाई मनाउन हामी सबैले ध्यान दिऔं, जसले समाजलाई एकताको सुत्रमा बाँध्न सकिन्छ । समाज एकताबद्ध हुँदा मुलुकको सार्वभौमसत्ता र अखण्डता बलियो हुन्छ ।’

    राजनैतिक दलहरुको अगुवाईमा सबैको एकताबद्ध प्रयासले जनतालाई रैतीबाट नागरिक बनाएको संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत र बलियो हुँदै अघि बढेको भन्दै शुभकामना सन्देशमा भनिएको छ, ‘यतिखेर हामी संघीयताको व्यवहारिक कार्यान्वयनको चरणमा अघि बढिरहेका छौं, संघीय शासन प्रणालीको मर्म अनुसार प्रदेशको नाम र राजधानीको टुंगो लगाएर हामी नयाँ विन्दुमा आएका छौं, जसले फराकिलो यात्राको ढोका खोलेको छ । हामी प्रदेशको विकास र समृद्धिका माध्यमबाट राष्ट्र निर्माणको महाअभियानमा जुटिरहेका छौं । समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा संकल्पित छ । त्यसका लागि हामीले समृद्ध प्रदेश खुसी जनताको लक्ष्य अघि सारेका छौं । समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ संस्था र आम नागरिकमा हार्दिक अपील गर्दछु ।’

    विश्व महामारीको रुपमा फैलिएको कोभिड—१९ ले यतिखेर सिंगो समाज पिल्सिएको भन्दै शुभकामना सन्देशमा कोभिड—१९ को जोखिमबाट नागरिकलाई जोगाउन तहगत सरकारहरुले निकै मिहिनेतपूर्वक काम गरिरहेकाले कोरोना संक्रमितलगायत सबै खालका बिरामीको उपचार सहज बनाउन स्वास्थ्य पूर्वाधार विकासलाई जोड दिइरहेको बताइएको छ । ‘नागरिकको सार्थक सहयोगबाट मात्रै यो महामारीलाई जित्न सकिन्छ । कोरोना विरुद्धको संघर्षलाई परिणाममुखी बनाउन सबैले सामाजिक दुरी कायम गर्दै दैनिकी अघि बढाउन आवश्यक छ’, मुख्यमन्त्री पोखरेलको शुभकामना सन्देशमा भनिएको छ, ‘स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै बडा दसैँंलाई घरभित्रै मनाऔं । बडादसैँमा हुने ठूला खालका जमघटले जोखिम बढ्ने भएकाले त्यस्ता जमघट नगरौं । । कोभिड—१९ को महामारीलाई जितेपछि आगामी वर्षको बडा दसैँं सहितका पर्वलाई विगतमा झै भव्य र उल्लासमय वातावरणमा मनाउने नै छौं । अन्त्यमा, बडा दशैंको अवसरमा सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमलय शुभकामना ।’

    सोमबार, कार्तिक १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्र निर्माण दल नेपालको घोषणा सभा सम्पन्न, गोलो घेराभित्र पानीको बोतल चुनाव चिन्ह
    जसपा नेपाल र लोसपाबीच एकताको सहमति
    रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार
    संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार
    पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा
    ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    लोकप्रिय

    • १.
      गुल्मीमा क्रिकेट खेलमार्फत अनलाइन विद्युत महसुल भुक्तानीको

    • २.
      चिसो बढेपछि राप्तीका विद्यालय तीन दिन बन्द

    • ३.
      क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग

    • ४.
      सिमीचौर साना किसान कृषि सहकारीको सातौँ वार्षिक

    • ५.
      राष्ट्र निर्माण दल नेपालको घोषणा सभा सम्पन्न,

    • ६.
      इस्मा १ हर्पुकोटमा महिलाहरुलाई अचार बनाउने तालिम

    भर्खरै

    • १.
      तेम्बा तामाङ : भाँडा माझ्ने हातदेखि मास्टर सेफसम्म

    • २.
      गुल्मीको धागिथुममा स्वस्थानी माताको मन्दिरमा एक महिने पूजा सुरु

    • ३.
      कोहलपुरमा बद्री ढकालको ‘मुकुर’ विमोचन

    • ४.
      सिमीचौर साना किसान कृषि सहकारीको सातौँ वार्षिक साधारणसभा सम्पन्न

    • ५.
      इस्मा १ हर्पुकोटमा महिलाहरुलाई अचार बनाउने तालिम

    • ६.
      राष्ट्र निर्माण दल नेपालको घोषणा सभा सम्पन्न, गोलो घेराभित्र पानीको बोतल चुनाव चिन्ह

    • ७.
      तम्घास बजारमा स्वच्छ मासु तथा दूध बिक्री सुनिश्चित गर्न अनुगमन

    • ८.
      मुसहर बस्तीबाट डाक्टरको यात्रामा पवनदेव

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation