• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

प्रदेशको साझा मनोविज्ञान तयार पार्न दसैँले भूमिका खेलोस्-मुख्यमन्त्री पोखरेल 


  •   सोमबार, कार्तिक १०, २०७७ मा प्रकाशित
  • दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दसैँले प्रदेशको साझा मनोविज्ञान तयार पार्नेमा विश्वास व्यक्त गर्नुभएको छ । बडादसैँको शुभकामना सन्देश व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ, ‘केही साता अघि प्रदेशको नाम र राजधानी टुंगो लगाउँदै सिंगो प्रदेशले अपनत्व गर्ने वातावरण बनाउन सफल भएका छौं । प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका हुँदा प्रदेशको साझा मनोविज्ञान तयार भएको छ । दसैँले प्रदेशको साझा मनोविज्ञान तयार पार्न भूमिका खेलोस् । नेपालीहरुको ठूलो चाड बडादसैँको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य,दीर्घायु एंव उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’

    Advertisement

    दसैँ नेपालीहरुको मौलिक पर्व र पारिवारिक मेलमिलाप, भातृत्व र स्नेहको पर्व भएको भन्दै मुख्यमन्त्री पोखरेलको शुभकामना सन्देशमा नेपाली समाजमा सांस्कृतिक पर्वहरुले सद्भाव, भातृत्व र मेलमिलाप बढाउन भूमिका खेल्दै आएको बताइएको छ । ‘नेपालीहरुको सबैभन्दा ठूलो चाड भएकाले दसैँले सद्भाव, मेलमिलाप र भातृत्व व्यापक बनाउन झनै महत्वपूर्ण भूमिका खेल्दै आएको छ । व्यक्ति, परिवार र समाजलाई एकताको मालामा जोड्ने दसैँ पर्वको मौलिकता जोगाउन सक्नुपर्छ । पर्व विशेषको मौलिक संस्कृति हस्तान्तरण नयाँ पुस्ताका लागि महत्वपूर्ण उपहार हुनसक्छ’, शुभकामना सन्देशमा भनिएको छ, ‘मौलिक पक्षलाई ख्याल गरेर पर्वलाई मनाउन हामी सबैले ध्यान दिऔं, जसले समाजलाई एकताको सुत्रमा बाँध्न सकिन्छ । समाज एकताबद्ध हुँदा मुलुकको सार्वभौमसत्ता र अखण्डता बलियो हुन्छ ।’

    राजनैतिक दलहरुको अगुवाईमा सबैको एकताबद्ध प्रयासले जनतालाई रैतीबाट नागरिक बनाएको संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत र बलियो हुँदै अघि बढेको भन्दै शुभकामना सन्देशमा भनिएको छ, ‘यतिखेर हामी संघीयताको व्यवहारिक कार्यान्वयनको चरणमा अघि बढिरहेका छौं, संघीय शासन प्रणालीको मर्म अनुसार प्रदेशको नाम र राजधानीको टुंगो लगाएर हामी नयाँ विन्दुमा आएका छौं, जसले फराकिलो यात्राको ढोका खोलेको छ । हामी प्रदेशको विकास र समृद्धिका माध्यमबाट राष्ट्र निर्माणको महाअभियानमा जुटिरहेका छौं । समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासमा संकल्पित छ । त्यसका लागि हामीले समृद्ध प्रदेश खुसी जनताको लक्ष्य अघि सारेका छौं । समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, समुदाय,संघ संस्था र आम नागरिकमा हार्दिक अपील गर्दछु ।’

    विश्व महामारीको रुपमा फैलिएको कोभिड—१९ ले यतिखेर सिंगो समाज पिल्सिएको भन्दै शुभकामना सन्देशमा कोभिड—१९ को जोखिमबाट नागरिकलाई जोगाउन तहगत सरकारहरुले निकै मिहिनेतपूर्वक काम गरिरहेकाले कोरोना संक्रमितलगायत सबै खालका बिरामीको उपचार सहज बनाउन स्वास्थ्य पूर्वाधार विकासलाई जोड दिइरहेको बताइएको छ । ‘नागरिकको सार्थक सहयोगबाट मात्रै यो महामारीलाई जित्न सकिन्छ । कोरोना विरुद्धको संघर्षलाई परिणाममुखी बनाउन सबैले सामाजिक दुरी कायम गर्दै दैनिकी अघि बढाउन आवश्यक छ’, मुख्यमन्त्री पोखरेलको शुभकामना सन्देशमा भनिएको छ, ‘स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै बडा दसैँंलाई घरभित्रै मनाऔं । बडादसैँमा हुने ठूला खालका जमघटले जोखिम बढ्ने भएकाले त्यस्ता जमघट नगरौं । । कोभिड—१९ को महामारीलाई जितेपछि आगामी वर्षको बडा दसैँं सहितका पर्वलाई विगतमा झै भव्य र उल्लासमय वातावरणमा मनाउने नै छौं । अन्त्यमा, बडा दशैंको अवसरमा सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमलय शुभकामना ।’

    सोमबार, कार्तिक १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • २.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ४.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ६.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ७.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ८.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation