मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

सुर्खेत। मुख्यमन्त्रीसमेत रहेका नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध पेस भएको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ ।

कर्णाली प्रदेश सभाको संसदीय दलको बैठकले शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत गरेको हो । प्रमुख सचेतक सीता नेपालीको अध्यक्षतामा बसेको बैठकमा १८ जना सांसद उपस्थित थिए ।

असोज २५ गते मुख्यमन्त्री शाहीविरुद्ध दलका १८ जना सांसदले अविश्वासको प्रस्ताव बुझाएका थिए। सांसद यामलाल कँडेलको अगुवाइमा भएको हस्ताक्षर आइतबार प्रमुख सचेतक गुलावजंग शाहलाई बुझाइएको थियो ।

Sharing Now!

You might also like

Comments are closed.