काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दुई महिनाको तलब र दशैं खर्च कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा जम्मा गरेकी छिन् ।
उहाले दशैं खर्च भनेर आउने सम्पूर्ण रकम र दुई महिनाको पारिश्रमिक कोषमा जम्मा गरेकी हुन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले राष्ट्रपति भण्डारीले सरकारले स्थापना गरेको कोरोना कोषमा दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्चबापतको रकम जम्मा गरेको विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता दहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाभाइरसको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित कोरोनाभाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा जम्मा हुने गरी यस आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्च वापत प्राप्त हुने रकम प्रदान गर्नु भएको व्यहोरा जानकारीका लागि अनुरोध छ।’