बाजाबाङ – रामावडार झोलुङ्गे पुल उद्घाटन

कामना डेली, रोल्पा। रोल्पा नगरपालिका वडा नम्बर ५ जेदबाङमा बाजाबाङ – रामावडार जोड्ने झोलुङ्गेपुलको उद्घाटन भएको छ ।
निर्माण कार्य सकिएपछी नगर प्रमुख पूर्ण केसीले शुक्रबार पुलको उद्घाटन गर्नुभयो ।  १०३.५० मिटर लम्बाई रहेको उक्त पुल रोल्पा नगरपालिकाको आर्थिक सहयोग, विकास सरोकार समाज डिकोस रोल्पाको प्राविधिक तथा सामाजिक सहयोगमा निर्माण भएको हो।

४४ लाख १३ हजार ७ सय ३० रुपैयाँ ६९ पैसाको लागतमा पुल निर्माण कार्य सम्पन्न भएको पुल निर्माण उपोभोक्ता समितीका अध्यक्ष यज्ञ बहादुर महराले जानकारी दिनुभयो।
पुल निर्माण भएपछि आवतजावतमा सजिलो भएको स्थानीयले बताएका छन ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.