राजधानी विवाद : रुपन्देहीका २ हजार बढी नेकपा सदस्यद्वारा राजीनामा 

बुटवल । रुपन्देहीका २ हजार भन्दा बढीले पार्टी सदस्यबाट राजीनामा दिएका छन् ।
प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्तावको विरोध गर्दै उनिहरुले पार्टी सदस्यबाट राजिनामा दिएका हुन।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी सदस्य रहेका रुपन्देहीका २ हजार ३ सय जना उद्योगी व्यवसायीहरूले मंगलवार पत्रकार सम्मेलन गरी पार्टी सदस्यबाट राजीनामा दिएका हुन् । राजीनामा दिनेहरूमा पार्टीको केन्द्रीय विभागका सदस्यहरू समेत छन् । नेकपा नेतृत्वको सरकार र पार्टी अध्यक्ष समेतले ह्विप जारी गरेर बुटवलमा रहेको राजधानीलाई अन्यत्र सार्ने निर्णय गरेकाले उक्त पार्टीमा रहन नसक्ने जनाउँदै राजीनामा दिएको व्यवसायीहरुले बताएका छन् ।
संसदमा पेस भएको राजधानीसम्बन्धी विधेयक फिर्ता लिन उनीहरुले माग गरेका छन् ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.