राजधानी दाङ सार्ने प्रस्तावविरुद्ध नेविसंघको प्रदर्शन

बुटवल। प्रदेश ५ को नाम र स्थायी राजधानीको प्रस्तावविरुद्ध बुट्वलमा प्रदर्शन भएको छ ।

कांग्रेस निकट नेपाल विद्यार्थी संघले रुपन्देहीका बिभिन्न स्थानमा टायर बालेर विरोध गरेको हो ।प्रदर्शनको क्रममा लु १ झ ४२१ नम्बरको सरकारी गाडिमा तोडफोड समेत भएको छ । प्रर्दशनकारीले प्रदेश ५ को स्थायी राजधानी रुपन्देहीबाट अन्यत्र सारिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । प्रदेशको मन्त्रिपरिषद्ले प्रदेश पाँचको नाम लुम्बिनी र राजधानी दाङमा राख्ने निर्णय गरेको थियो भने आन्तरिक मामिला मन्त्रीले यो प्रस्ताव प्रदेश सभा बैठकमा पेस गरेका छन् ।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा यो प्रस्ताव पेस गरिएको हो ।उक्त प्रस्तावमाथि आगामी सोमबार प्रदेश सभामा छलफल हुनेछ ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.